बुटवल, एकल महिलाको सशक्तिकरणका लागि क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम बुटवलमा सम्पन्न भएको छ ।
बुटवल उपमहानगरपालिकाको सहयोगमा परिवर्तनका लागि महिला समूह बुटवलले तालिम आयोजना गरेको हो । मंगलबार सुरु भएको ३ दिने तालिम बिहीबार सकिएको हो ।
विभिन्न कारणले एकल बनेका र पीडा तथा वियोगमा रहेका महिलाहरुलाई पीडाबाट बाहिर ल्याएर बाँच्ने कला सिकाउन तालिम आयोजना गरिएको हो । तालिममा एक महिलालाई पीडाबाट बाहिर निस्कने कला, सकरात्मक सोच, नेतृत्व गर्ने क्षमता र सशक्तिकरणको सीप सिकाइएको थियो । तालिममा बुटवलका हरेक वडामा रहेका एकल महिला संजालका अध्यक्ष, उपाध्यक्ष र सचिव तीन तीन जना गरी करिब ६० जनाको सहभागिता रहेको थियो ।

तालिमको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै उनले एकल भएकै कारण बेसहारा र वियोगको जीवन बिताउनुका कारण सशक्तिकरणमार्फत सबल जीवन जीउन आग्रह गरे । समापन कार्यक्रममा बोल्दै सामाजिक शाखाकी तारा भुसालले एकल महिलाहरुलाई सशक्तिकरणका लागि उपमहानगरले सक्दो सघाउने बताइन् ।
तालिममा पत्रकार भवानी पाण्डे र अमृता अनमोलले सहजीकरण गरेका थिए । तालिम समापन कार्यक्रममा बोल्दै परिवर्तनका लागि महिला समूह बुटवलका अध्यक्ष रीता सेनले एकल महिलाको क्षमता अभिवृद्धिका लागि निरन्तर काम गर्ने बताइन् । समूहका सचिव सावित्रा घिमिरेले विपन्न एकल महिलाको सीप विकास र अन्यको सशक्तिकरणका लागि बुटवलका हरेक वडामा एकल महिलाको संजाल बनाएको बताइन् ।

लुम्बिनी रिभ्यू