बुटवल , पश्चिम नेपाल बस व्यवसायी प्रालिमा दधिराम खरेल नेतृत्वको प्यानलै विजयी भएको छ । प्रालिको शनिबार बुटवलमा आयोजित दोस्रो अधिवेशनमा आगामी ४ वर्षको नेतृत्व चयन भएको हो । निर्वाचनमा अध्यक्षका उम्मेद्वार खरेलले १४३६ मतसहित विजयी भएका हुन् ।
सञ्चालक समितिको सदस्यमा जीवन कुमार बन्जाडे १३४७ मतसहित विजयी भए । यसैगरी सञ्चालक समितिका अन्य सदस्यहरुमा खरेल प्यानलकै रामचन्द्र खड्काले १२८३, जितेन्द्र खत्री १३३१, नारायण प्रसाद भण्डारी १२५१, नारायण प्रसाद घिमिरे १२६३, गोपाल बहादुर पौडेल १३८६, चेत नारायण बेल्वासे ९गोली नारायण० १३२६, रामचन्द्र भुसाल १४६७, सुरेन्द्र श्रेष्ठ १३८४ र मोहन पिएस १४४० मतसहित विजयी भएका हुन् ।


बुटवल उपमहानगर वडा नम्बर ७ का अध्यक्ष समेत रहेका पदम बहादुर गाहाको प्यानल भने पराजित भएको छ। उनले ६५९ मत प्राप्त गरेका थिए ।
समितिको रुट संयोजकतर्फ पनि खरेल प्यानलकै उम्मेदवार विजयी भएका छन् । रुट नम्बर १ मा जीवन रेग्मी, २ मा विधानराज श्रेष्ठ, ३ मा बिजय कुमार तिवारी, ८ मा सागर पिएस र १६ मा लिलाधर खनाल निर्विरोध भएका थिए ।
रुट नम्बर ४ मा थमन बहादुर बस्नेत (कपिल) २५ मतसहित विजयी भए भो रुट नम्बर ५ मा कमल बहादुर क्षेत्री ४८ मत, रुट नम्बर ६ मा रामभगत चौधरी ७२ मत, ७ मा शंकर ज्ञवाली (प्रकाश) ७०, ९ मा हिमाल श्रेष्ठ १०० मत, १० मा युवराज नेपाल ७०, ११ मा सुर्यप्रकाश ढुङगाना ६४ मत, रुटनम्बर १२ मा मन बहादुर पौडेल १०० मत, रुट १३ मा टेकराज भट्टराई ९रामु० ८१ मत, १४ मा डोरनाथ ढकाल ८० मत र १५ मा प्रकाश बन्जाडे १४१ मतसहित विजयी भए ।

लुम्बिनी रिभ्यू