• Saturday 25th July 2026

जनउत्थान सहकारीको अवलोकन भ्रमण

जनउत्थान सहकारीको अवलोकन भ्रमण


  • लुम्बिनी रिभ्यू

बुटवल, उत्कृष्ठ सहकारीका सिकाइ हेर्न र अबलम्बन गर्न भन्दै रुपन्देहीको जनउत्थान वचत तथा ऋण सहकारी संस्थाका अगुवा सदस्य अवलोकन भ्रमणमा गएका छन् ।
तिलोत्तमामा मुख्य कार्यालय रहेको सहकारीको बुटवल क्षेत्रका अगुवा सदस्य भ्रमणमा गएका हुन् । शनिबार बुटवलबाट भ्रमणका लागि गएको टोली पाल्पा हुदै शनिबार स्याङ्जाको सिरुबारी बसेको थियो । आइतबार कास्कीका विभिन्न सहकारीका असल अभ्यासहरु हेर्ने र छलफल गर्ने गरेको भ्रमण दलका सदस्य उषाकिरण पन्थले बताइन् ।

भ्रमणमा सदस्यहरुलाई सहकारी शिक्षा, असल सहकारीका अभ्यास अवलोकनसंगै पर्यटकिय गन्तव्यको भ्रमण गराएर मनोरन्जन समेत गराएको सहकारीले जनाएको छ । २ दिने भ्रमण आइतबार सकिने छ ।
सहकारीले सदस्यता बिस्तारसंगै बुटवल , भैरहवा, लुम्बिनी लगायतका क्षेत्रमा सहकारीका शाखा खोलेको छ । हरेक वर्र्ष फरक फरक क्षेत्रका सदस्यलाई सहकारीको अवलोकन भ्रमणमा समेत लैजाने गरेको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend