• Saturday 25th July 2026

लुम्बिनीका मुख्यमन्त्री चौधरीद्वारा राजीनामा

लुम्बिनीका मुख्यमन्त्री चौधरीद्वारा राजीनामा


  • लुम्बिनी रिभ्यू

बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् ।

११ महिनाअघि बैशाख १४ गते मुख्यमन्त्री बनेका चौधरीले अल्पमतमा परेपछि बिहीबार प्रदेश सभाको चौथो अधिवेशनमा राजीनामा दिएका जनाए ।
नेपाली कांग्रेस संसदीय दलका नेता रहेका चौधरी ८ दलका ५३ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनले संघमा भएको गठबन्धन फेरबदलसँगै राजीनामा दिएको बताए ।

उनले आफू प्रजातन्त्रवादी रहेकाले सरकारमा आउनु र जानू स्वभाविक भएको बताउँदै प्रतिपक्षमा रहेर रचनात्मक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend