बुटवल । नेकपा एमाले लुम्बिनी संसदीय दलको बैठक देउखुरीमा बसेको छ ।
परिवर्तित राजनीतिक विषयमा छलफल गर्न दलको बैठक बसेको हो । संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको बैठकले नयाँ गठबन्धनमा सत्ता साझेदारी तथा सहकार्य र साना दलसँगको सहकार्यका विषयमा छलफल भएकाे जनाइएको छ ।
प्रमुख सचेतक तुलसी चौधरीले गठबन्धन दलबीचको सहकार्यकै विषयमा छलफल भएकाे बताए ।
लुम्बिनीमा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने विषयमा समझदारी केन्द्रले गरेसँगै अन्य शक्ति सन्तुलन मिलाउने विषयमा एमालेले गम्भीर छलफल गरेकाे हाे ।

लुम्बिनी रिभ्यू