• Saturday 25th July 2026

राष्ट्रिय सभा उपाध्यक्षमा एमालेका विमला घिमिरे निर्वाचित

राष्ट्रिय सभा उपाध्यक्षमा एमालेका विमला घिमिरे निर्वाचित


  • लुम्बिनी रिभ्यू

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (एमाले) का सांसद विमला घिमिरे निर्वाचित हुनुभएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उहाँलाई उपाध्यक्षमा निर्वाचित भएको घोषणा गर्नुभयो ।

उपाध्यक्ष घिमिरेको पक्षमा ३९ मत र विपक्षमा १६ मत खसेको थियो । उहाँको पक्षमा बहुमत मत परेको भन्दै अध्यक्ष दाहालले निर्वाचित भएको घोषणा गर्नुभयो । सभा बैठकमा ५५ सांसदको उपस्थिति रहेको अध्यक्ष दाहालले जानकारी गराउनुभयो । राष्ट्रिय सभामा कुल ५९ जना सांसद हुनुहुन्छ ।

घिमिरेसँग नेपाली काँग्रेसकी सांसद विष्णुदेवी पुडासैनीले उम्मेदवारी दिनुभएको थियो । उहाँको पक्षमा १६ मत र विपक्षमा ३९ मत परेको थियो । उहाँको पक्षमा बहुमत नआएको अध्यक्ष दाहालले बैठकलाई जानकारी गराउनुभएको थियो ।

यसअघि माओवादी केन्द्रका सांसद उर्मिला अर्याल उपाध्यक्ष रहनुभएको थियो । उहाँले राजनीतिक सहमतिअनुसार पदबाट राजीनामा दिनुभएपछि सो पदमा आज पुनः निर्वाचन भएको हो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend