• Saturday 25th July 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महरालाई विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महरालाई विश्वासको मत


  • लुम्बिनी रिभ्यू

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् ।
शुक्रबार प्रदेश सभाको चौथो अधिवेशनको दोस्रो बैठकमा उनलाई ४८ सांसदहरुले विश्वासको मत दिएका हुन् । जम्मा सांसद ८७ जना रहेकोमा राप्रपाका एक निलम्बित छन् ।
मुख्यमन्त्री महराको पक्षमा नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसदले मतदान गरेका हुन् भने विपक्षमाः नेपाली कांग्रेसका २७, जनमतका ३ सांसद रहेका थिए । तर जम्म २८ मत मात्रै विपक्षमा परेको थियो । त्यसैगरी यो प्रकृयामा राप्रपाका ३ र लोसपाका ३ सांसद तटस्थ बसेका छन् ।
चैत २२ गते नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री बनेका डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि २३ गते महरा मुख्यमन्त्री नियुक्त भएका हुन् । २५ गते मुख्यमन्त्रीसहित ३ विनाविभागीय मन्त्रीले शपथ लिएका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend