• Saturday 25th July 2026

आरम्भ चौतारी लघुवित्त संस्था निरन्तर अग्रगतिमा

आरम्भ चौतारी लघुवित्त संस्था निरन्तर अग्रगतिमा


  • लुम्बिनी रिभ्यू

बनेपामा आठौं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा काभ्रेपलाञ्चोकको बनेपामा शुक्रवार सम्पन्न भएको छ ।
सो अवसरमा संस्थाका अध्यक्ष जगत बहादुर पोखरेलले संस्था वित्तिय अनुशासन कायम गर्दै निरन्तर अग्रगतिमा अघि बढिरहेको बताउनुभयो । सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै उहाँले संस्था विभिन्न ५३ जिल्लामा फैलिएको र १४० शाखा कार्यलय विस्तार भएको जानकारी गराउनुभयो । उहाँका अनुसार ९८ हजार ८ सय ९८ ग्राहक सदस्य रहेको उक्त संस्थामा ५१२ जना कर्मचारी कार्यरत रहेका छन् ।
सो अवसरमासंस्थाका सञ्चालकहरु केशवराज पन्थी,विनोद ज्ञवाली,दीपक तिवारी,सन्तोष पोखरेल,विमल आचार्य,प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवाली, गोरखापत्र संस्थानका पूर्व विज्ञ सल्लाहकार दीपक ज्ञवाली लगायतले बोल्नु भएको थियो ।
साधारण सभाले संस्थाका दीर्घकालीन योजनासहित विभिन्न पाँच वटा प्रस्तावहरु पारित गरेको छ ।
बुटवलको साविक चौतारी,देउराली र काभ्रेपलाञ्चोकको आरम्भ लुघवित्त संस्थाहरु एकिकृत भएर बनेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको प्रधान कार्यलय बनेपामा रहेको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend