• Saturday 25th July 2026

रण अम्बिका आँखा अस्पताल भैरहवाको नयाँ भवन निर्माणका लागि गरिएको टेन्डर प्रक्रिया नियम विपरित रहेको निर्माण व्यवसायीहरुको दाबी

रण अम्बिका आँखा अस्पताल भैरहवाको नयाँ भवन निर्माणका लागि गरिएको टेन्डर प्रक्रिया नियम विपरित रहेको निर्माण व्यवसायीहरुको दाबी


  • लुम्बिनी रिभ्यू

बुटवल, रण अम्बिका आँखा अस्पताल भैरहवाको नयाँ भवन निर्माणका लागि गरिएको टेन्डर प्रक्रिया नियम विपरित रहेको निर्माण व्यवसायीहरुले दाबी गरेका छन् ।
लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै अस्पतालको भवन निर्माणका लागि गरिएको टेन्डर प्रक्रिया गलत भएको बताएको हो । संघले अमुक निर्माण कम्पनीलाई छनोट गर्ने नियत राखी नियम विपरित गरेको भन्दै विरोध समेत जनाएको छ ।

संघले टेन्डर प्रक्रियाप्रति विरोध जनाउँदै कानूनी उपचारमा जाने चेतावनी दिएको छ । अस्पतालले २०८० चैत्र १६ मा भवन निर्माणका लागि नागरिक दैनिक पत्रीकामा प्रकाशित सुचना अनुसार बोलपत्रमा भाग लिएका १७ वटा फर्म कम्पनी दर्ता भएका मध्ये अधिकांश निर्माण व्यवसायीहरुलाई प्राविधिक प्रस्तावमा अस्वीकृत गरी सीमित कम्पनीलाई प्रतिस्पर्धामा सहभागी गराएको भन्दै व्यवसायीहरुले विरोध जनाएका हुन् ।

संघका अनुसार २०८१ जेष्ठ ४ गते प्राविधिक प्रस्ताव स्वीकृतको आशय प्रकासीत गरी ३ वटा फर्म मात्र प्राविधिक प्रस्तावमा स्वीकृत गरिएको थियो । सो विषयमा संघले ९ जेष्ठमा प्रस्ताव छनौट पुनस् मुल्याङ्कनका लागि पत्र पठाए पनि जबाफ नपाएको अध्यक्ष मञ्जु भुसालले बताइन । अस्पतालले १८ जेष्ठमा बोलपत्र स्वीकृतीको आशय प्रकासित गरि नियोजित रुपमा निर्माण कम्पनी छनोट गरेको उनले बताइन् ।

विडिङ्गमा निर्माण व्यवसायीहरुका १७ वटा कम्पनीहरु प्रतिस्पर्धामा भए पनि बिनाकारण अन्य कम्पनीको प्रस्ताव प्राविधिक प्रस्ताव अस्वीकृत गरि ३ वटा फर्महरु कविन्द्र निर्माण सेवा किर्तिपुर १ काठमाण्डौ, एपिएम कन्सट्रक्सन एण्ड विल्डस प्रा।लि काठमाण्डौ १४, बल्खु र नव सिर्जनशिल कन्सट्रक्सन कम्पनी प्रा।लि काठमाण्डौ ९, सिनामंगललाई मात्र प्रतिस्पर्धामा सहभागी गराइएको उनले बताइन् ।

प्रतिस्पर्धाबाट नव सिर्जनशिल कन्सट्रक्सन कम्पनी प्रालि काठमाण्डौ ९, सिनामंगललाई छनोट गरी २२ करोड २९ लाख १० हजार ९७९ रुपैयाँ ९मु।अ।करसहित० मा बोलपत्र स्वीकृत गरीएको छ । सो कार्य मिलेमतोमा आफू अनुकुलको निर्माण कम्पनीलाई सेटिङ्ग गरेर छनोट गरिएको संघका सल्लाहकार जमिन कक्षपतिले बताए । संघले प्राविधिक प्रस्ताव अस्वीकार गर्नुको कारण खुलाई सो को सत्यतथ्य आधार बाहिर ल्याउनका लागि पुनः मूल्याङ्खन गराई स्वच्छ प्रतिस्पर्धामा भाग लिने वातावरण बनाउन उनले आग्रह गरे । अस्पताल प्रशासनले भने कानूनी प्रक्रिया अनुसारनै टेन्डर प्रक्रियाबाट निर्माण कम्पनी छनोट गरिएको दाबी गरेको छ ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend