• Saturday 25th July 2026

एमाले रुपन्देहीको १० औं जिल्ला अधिवेशन सुरु,उपाध्यक्ष पाैडेलद्वारा उद्घाटन

एमाले रुपन्देहीको १० औं जिल्ला अधिवेशन सुरु,उपाध्यक्ष पाैडेलद्वारा उद्घाटन


  • लुम्बिनी रिभ्यू

बुटवल, नेपाल कम्युनिष्ट पार्टी एमाले रुपन्देहीको १० औं जिल्ला अधिवेशन भैरहवामा सुरु भएको छ । अधिवेशनको एमाले केन्द्रीय उपाध्यक्ष एवं पुर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बुधबार उद्घाटन गर्नुभयो ।

बिहीबारसम्म सञ्चालन हुने अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । जिल्लाको १६ पालिकाका १५५ वडा, २३ जनसंगठनबाट र आयोजक कमिटीबाट चयन भएका कुल ८५३ जना प्रतिनिधि अधिवेशनमा सहभागी छन् ।
बिहीबारसम्म सञ्चालन हुने अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।जसमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित १४५ सदस्यीय जिल्ला कमिटी निर्वाचित हुनेछन् । बन्दसत्रमा राजनैतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गरिने छ । रुपन्देहीमा एमालेका १७ हजार ९८ संगठित पार्टी सदस्य छन् । उदघाटन सत्रमा उपाध्यक्ष पौडेलसहित सचिव छविलाल विश्वकर्मा, सचिव एवं लुम्बिनी प्रदेश इन्वार्ज पद्मा अर्याल, जिल्ला इन्चार्ज दलबहादुर राना, पोलिटब्यूरो सदस्यहरु लिला गिरी, खिमलाल भट्राई, दधिराम न्यौपानेलगायत विभिन्न तहका नेताहरुको उपस्थिति छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend