• Saturday 25th July 2026

सरकारलाई एमालेद्वारा ९९ बुँदे सुझाव

सरकारलाई एमालेद्वारा ९९ बुँदे सुझाव


  • लुम्बिनी रिभ्यू

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले)ले ९९ बुँदे सुझाव दिएको छ।

केन्द्रीय विभागको कार्यदलले तयार गरेको सुझावपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले ९९ बुँदे सुझावको प्रतिवेदन बुझाउनुभएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उपमहासचिव प्रदीप ज्ञवालीले सुझावको सार प्रस्तुत गर्नुभएको थियो।

एमालेको हाल ३३ विभागमध्ये २८ विभागले छलफल गरेर ती सुझाव तयार पारेको उपमहासचिव ज्ञवालीले जानकारी गराउनुभयो।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend