• Saturday 25th July 2026

संचारकर्मीका लागि सुचनाको हक र एआइ प्रयोग सम्बन्धी शिविर

संचारकर्मीका लागि सुचनाको हक र एआइ प्रयोग सम्बन्धी शिविर


  • लुम्बिनी रिभ्यू

बर्दिया, संचारकर्मीका लागि सुचनाको हक सम्बन्धी शिविर बर्दियामा सम्पन्न भएको छ । समाचारमा सुचनाको प्रयोग, सुचना लिने तरिका र प्रयोगसंगै एआइ सम्बन्धी सीप विकासका लागि शिविर आयोजना गरिएको हो । जसमा लैंगिकता, महिला, युवा र सिमान्तकृत समुदायका विषयको कसरी उठान गर्ने ? तिनमा कसरी सुचनाको प्रयोग गर्ने ? भन्नेबारेमा अभ्यास भएको थियो ।


यसैगरी, समाचारमा आर्टिफिसीयल इन्टेलिजेन्स अर्थात एआइको प्रयोग कसरी गर्ने, एआइबाट सुचना कसरी लिने तिनको समाचारमा प्रयोग कसरी गर्ने भन्नेबारेमा अभ्यास भएको थियो । एआइ तस्बिर र भिडियो कसरी लिने, तिनको कसरी प्रयोग गर्ने, कस्ता विषय प्रयो गर्न सकिन्छ र कस्ता विषय प्रयोग गर्न सकिदैन भन्नेबारेमा सिकाइएको थियो ।
द एसिया फाउन्डेसनको युएसएआइडी नागरिक समाज र संचार कार्यक्रमको सहकार्यमा संचारिका समूह नेपालले सुचनाको हक सम्बन्धी शिविरको आयोजना गरेको हो ।

शिविरमा समाचारमा एआइको प्रयोगबारे सिएमआर जर्नालिज्म एकेडेमीका कृष्णप्रसाद आचार्य र एआइ इन्जीनियर सुप्रिया खड्काले सहजीकरण गर्नुभएको थियो । यस्तै सुचनाको हक र त्यसको समाचारमा प्रयोगबारे अधिवक्ता पवित्रा राउत र संचारिका समूहका सचिव दुर्गा कार्कीले सहजीकरण गर्नुभएको थियो ।

शिविरमा द एसिया फाउन्डेसनको युएसएआइडी नागरिक समाज र संचार कार्यक्रमका सिनियर अफिसर इन्द्र टमाटा, गौरव वादीले बोल्दै सहभागी संचारकर्मीलाई शिविरमा अभ्यास गरेका र सिकेका कुरा व्यवहारमा लागू गर्न आग्रह गर्नुभएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend