• Saturday 25th July 2026

प्रदेश सभा सदस्यकालागि एआइ प्रयोग सम्बन्धी कार्यशाला

प्रदेश सभा सदस्यकालागि एआइ प्रयोग सम्बन्धी कार्यशाला


  • लुम्बिनी रिभ्यू

दाड., पछिल्लो समय एआइ अर्थात् वौद्धिक कृतिमताको प्रयोग बढ्दो छ । एआइले सामान्य व्यक्तिदेखि सामाजिक र राजनीतिक व्यक्तित्वहरुलाई विभिन्न किसिमले सघाइरहेको छ । राजनीतिक व्यक्तित्वलाई एआएको माध्ययमबाट सघाउन लुम्बिनी प्रदेशसभा सदस्यका लागि एआइको प्रयोग, डिजीटल सुरक्षा र सामाजिक संजाल व्यवस्थापनबारे कार्यशाला आयोजना गरिएको छ ।
कार्यशालामा एआइको प्रयोग के केमा कसरी गर्ने भन्नेबारे सिकाइएको थियो । एआइबाट सुचना कसरी लिने, भाषणको तयारी कसरी गर्ने, सत्य र तथ्य कसरी पत्ता लगाउने, तिनको उपयोग कसरी गर्नेभन्नेबारेमा अभ्यास भएको थियो । यस्तै एआइ तस्बिर र भिडियो कसरी लिने, तिनको कसरी प्रयोग गर्ने, कस्ता विषय प्रयोग गर्न सकिन्छ र कस्ता विषय प्रयोग गर्न सकिदैन भन्नेबारेमा सिकाइएको थियो ।


युएनडिपीको संसद सहयोग परियोजनाको सहकार्यमा संचारिका समूह लुम्बिनीले कार्यशालाको योजना गरेको हो । कार्यशालामा एआइ इन्जीनियर सुप्रिया खड्काले सहजीकरण गर्नुभएको थियो ।
सामाजिक संजाल व्यवस्थापन र डिजीटल सुरक्षाबारे उषाकिरण पन्थ र रिया बस्नेतले सहजीकरण गरेका थिए । कार्यक्रम लुम्बिनी प्रदेश सभाका उपसभामुख मेनका खाड केसीको अध्यक्षता र संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलको एआइको प्रयोग र सामाजिक संजाल व्यवस्थापनले सामाजिक एवं राजीतिक व्यक्तित्वमा पार्ने प्रभावबारे बताउनु भएको थियो ।
एआइको प्रयोगबारे सिएमआर जर्नालिजम एकेडेमीका कृष्णप्रसाद आचार्य र एआइ इन्जीनियर सुप्रिया खड्काले सहजीकरण गर्नुभएको थियो । यस्तै सुचनाको हक र त्यसको समाचारमा प्रयोगबारे अधिवक्ता पवित्रा राउत र संचारिका समूहका सचिव दुर्गा कार्कीले सहजीकरण गर्नुभएको थियो । शिविरमा द एसिया फाउन्डेसनको युएसएआइडी नागरिक समाज र संचार कार्यक्रमका सिनियर अफिसर इन्द्र टमाटा, गौरव वादीले बोल्दै सहभागी संचारकर्मीलाई शिविरमा अभ्यास गरेका र सिकेका कुरा व्यवहारमा लागू गर्न आग्रह गर्नुभएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend