• Saturday 25th July 2026

संविधान र संघीयता कार्यान्वयनमा इमान्दार र जिम्मेवार बन्न आवश्यक ः सभामुख तुलाराम घर्ती मगर

संविधान र संघीयता कार्यान्वयनमा इमान्दार र जिम्मेवार बन्न आवश्यक ः सभामुख तुलाराम घर्ती मगर


  • लुम्बिनी रिभ्यू

देउखुरी , लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संविधानको भावना र जनताको चाहना अनुसार नै संविधान र संघीयता कार्यान्वयनमा इमान्दार र जिम्मेवार बन्न आवश्यक रहेको जनाउनु भएको छ ।
संविधान दिवस२०८१ को अवसरमा आज बिहान शुभकामना सन्देश जारी गर्नुहुँदै सभामुख घर्ती मगरले संविधान कार्यान्वयनकै चरणमा रहेकाले यसलाई पूर्ण रुपमा कार्यान्वयन गरी त्यसको प्रतिफलमा मुल्याङकन गर्दा मनासिव हुने उल्लेख गर्नुभयो ।
उहाँले नेपालको संविधान २०७२ को कार्यान्वयनमा देखिएको कमीकमजोरीलाई सच्चाएर आगामी दिनमा हुने थप अभ्यासबाट संविधान परिमार्जन हुंदै जाने विश्वास व्यक्त गर्नु भएको छ । उहाँले संविधानको रक्षा र कार्यान्वयनमा राज्य संरचना मात्र होईन सम्पूर्ण नेपाली जनता एकाकार भएर लाग्न जरुरी रहेको शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ । लुम्विनी प्रदेश सभा संविधानको मर्म र भावनालाई आत्मसात गर्दै जनचाहना अनुसार ऐन कानुन निर्माण गरिरहेको उहाँले जनाउनु भएको छ ।
ूसंविधान दिवसले हामी सबै सार्वभौमसत्ता सम्पन्न नेपालीहरु राष्ट्यि स्वाधिनताको रक्षा गर्दै सामाजिक न्याय सहित राष्ट्यि एकता कायम गर्न तथा संविधानको इमान्दारिताको साथ निष्ठापूर्वक आत्मसात गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास लिएको छु । ू शुभकामना सन्देशमा सभामुख घर्ती मगरले उल्लेख गर्नुभएको छ ( ूनेपाली जनताको ठूलो बलिदानी पछि उपलब्धीका रुपमा प्राप्त भएको संविधान र संघीयता कार्यान्वयनमा इमान्दारीता पूर्वक लागौं संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दछु ।ू
सार्वभौम जनताको सार्वभौम संस्था संविधान सभा मार्फत संविधान निर्माण गरी जारी भएको आज ९ वर्ष पुरा भएको छ ।
उहाँले संविधान जारी गरिएको यो विशेष दिनमा जनयुद्ध, जनआन्दोलन एवं क्रान्ति आन्दोलन र संघर्षमा जीवन उत्सर्ज गर्नुहुने महान् सहिदहरु प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्नुका साथै घाईते अपाङ्ग, बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्नु भएको छ भने संविधान निर्माण प्रकृयामा महत्वपूर्ण योगदान पु¥याउनु हुने माननीय संविधान सभा सदस्य लगायत सम्पूर्णमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्नुभएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend