• Saturday 25th July 2026

न्यानो लुगा अभावले विपन्न बालबालिकालाई विद्यालय आउनै समस्या

न्यानो लुगा अभावले विपन्न बालबालिकालाई विद्यालय आउनै समस्या

पहिलो पाइला बुटवलले बाड्यो रुपन्देहीको रोहिणीस्थित पशुपति माविका ३३९ विद्यार्थीलाई न्यानो पोशाक


  • लुम्बिनी रिभ्यू

बुटवल, न्यानो लुगा अभावले विद्यालय आउन समस्या भएका बालबालिकालाई छनोट गरी रुपन्देहीमा न्यानो पोशाक वितरण गरिएको छ ।
रुपन्देहीको विकट रोहिणी गाउँपालिकाका विपन्न समुदायका विद्यार्थीलाई शनिबार पोशाक वितरण गरिएको छ । पहिलो पाइला नेपाल बुटवल शाखाले एक कार्यक्रमको आयोजना गरी पशुपति माध्यमिक विद्यालय पर्साका ३ सय ३९ विद्यार्थीलाई पोशाक वितरण गरेको हो ।


पहिलो पाइलाका अध्यक्ष सन्तोष बन्जाडेले न्यानो लुगा अभावमा विद्यार्थीको पढाइ प्रभावित हुन नदिन पोशाक वितरण गरेको बताउनुभयो । पहिलो पाइला नेपाल बुटवल शाखाका प्रथम उपाध्यक्ष तथा न्यानो माया अभियानका कार्यक्रम संयोजक सन्तोष केसीले निकै विपन्न समुदायका बालबालिका रहेको र पोशाक नहुदा समस्या भएको देखेपछि न्यानो पोशाक सहयोग गरेको बताउनुभयो ।
पोशाक वितरण कार्यक्रमका लागि बुटवल सुनचाँदी व्यवसाय संघ, एमए डब्लु इन्टरप्राइजेज र बुटवल बाइकर्सबाट विशेष आर्थिक सहयोग भएको थियो । पोशाक पाएपछि विद्यार्थीहरुले अब नियमित विद्यालय आउने बताएका थिए ।


न्यानो लुगा वितरण कार्यक्रम रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता विशिष्ट अतिथिका रूपमा गाउँपालिका उपाध्यक्ष शिवकान्ति चमार , पहिलो पाइला नेपाल केन्द्रीय वरिष्ठ उपाध्यक्ष आयुष पौडेल र गाउँपालिका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले आफ्नो अमूल्य योगदान र आशीर्वाद प्रदान गर्नुभयो। कार्यक्रममा पहिलो पाइला नेपाल बुटवल शाखाका सदस्यहरू, गाउँपालिका जनप्रतिनिधिहरू, वडा प्रतिनिधिहरू, शिक्षक, अभिभावकहरू र विद्यार्थीहरूले सक्रिय सहभागिता जनाएका थिए।
पहिलो पाइला नेपाल बुटवल शाखा कोषाध्यक्ष तथा कार्यक्रम संयोजक नरेश न्यौपानेले सहभागीहरूलाई स्वागत गर्दै जहाँ दुख्छ त्यहाँ पहिलो पाइला पहिले पुग्ने बताउनुभयो ।
पहिलो पाइलाले यसअघि अर्घाखाँची लगायत आसपास जिल्लामा पनि न्यानो माया अभियान संचालन गरेर विपन्न बालबालिकाको शिक्षा स्वास्थ्य र बाल विकासमा सामाग्री सहयोग गरेको थियो । युवाहरु संगठित भएर पछिल्लो समय पहिलो पाइला मार्फत समाज सेवामा काम गरिरहेका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend