• Saturday 25th July 2026

नेपालका सरकारी वकीलहरु भारतमा कृत्रिम बौद्धिकता तालिम लिँदै

नेपालका सरकारी वकीलहरु भारतमा कृत्रिम बौद्धिकता तालिम लिँदै


  • लुम्बिनी रिभ्यू


भैरहवा, आर्टिफिसियल इन्टेलिजेन्स(एआई) अर्थात् कृत्रिम बौद्धिकताको प्रयोग अहिले बढ्दो छ । सूचना प्रविधिको क्षेत्रमा भएको परिवर्तनले फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनमा हुन सक्ने जोखीम घटाउन र अनुसन्धानलाई सहज बनाउन सरकारी वकीलहरुले कृत्रिम बौद्धिकतासम्बन्धी तालिम लिन थालेका छन् ।
तालिममा सहभागी हुन नेपालका सरकारी वकीलहरुको टोलीे भारतको राजस्थानमा पुगेको छ । नायव महान्यायधिवक्ता गोपाल प्रसाद रिजालको संयोजकत्वमा कृत्रिम बौद्धिकता तालिममा सहभागी हुन गएका हुन् ।
कोशी प्रदेशका मुख्य न्यायधिवक्ता नारायण वली, सुदुरपश्चिम प्रदेशका मुख्य न्यायधिवक्ता ठेकेन्द्रराज जोशी, सहन्यायधिवक्ता सन्देश श्रेष्ठ सहित छ जना उपसचिव र चौवीस जना शाखा अधिकृत सहित ३३ जनाको तालिममा सहभागिता रहेको छ । माघ २८ गतेदेखि सञ्चालन भएको तालिम चैत आठ गतेसम्म चल्ने छ ।
पछिल्लो समय विकसित देशहरुमा धेरै अनुसन्धानका विषयहरुमा कृत्रिम बौद्धिकताको प्रयोग गरिएको छ । तर, नेपालमा अझै पनि परम्परागत अनुसन्धान विधिहरूको प्रयोगबाट काम भैरहेको छ । सूचना प्रविधिको क्षेत्रमा भएको परिवर्तनले फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनमा समेत धेरै चुनौती थपिरहेको अवस्थामा कृत्रिम बौद्धिकता तालीमले सरकारी वकीलको कार्यक्षमता वृद्धि गरी अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउने अपेक्षा सहभागीहरुको छ । भारतीय प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रम अन्तरगत राजस्थानको जोधपुरमा रहेको राष्ट्रिय कानून विश्वविद्यालयले तालिमको आयोजना गरेको हो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend