• Saturday 25th July 2026

काठमाडौंमा तोडफोड र आगजनी: अवस्था तनावग्रस्त, विभिन्न क्षेत्रमा कर्फ्यू

काठमाडौंमा तोडफोड र आगजनी: अवस्था तनावग्रस्त, विभिन्न क्षेत्रमा कर्फ्यू


  • लुम्बिनी रिभ्यू

काठमाडौं ।
राजावादीहरूले तोडफोड र आगजनी गर्न थालेपछि काठमाडौंको तीनकुने लगायतका  क्षेत्रमा कर्फ्यू लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सिनामंगल, तीनकुने हुँदै ललितपुरको साँध बालकुमारीस्थित बागमती पुलसम्म कर्फ्यू लगाएको हो।

कोटेश्वरदेखि जडीबुटीसम्म पनि कर्फ्यू लगाइएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले बताए।

राजावादीको पक्षमा भएको प्रदर्शनले हिंसात्मक रूप लिएपछि प्रशासनले कर्फ्यू लगाएर स्थिति नियन्त्रणमा लिन लागेको भण्डारीले बताए। तीनकुनेबाट निस्किएको राजावादी पक्षको जुलूसले आसपासका क्षेत्रका घरमा ढुंगामुढा गरेको छ।

त्यस्तै, तीनकुनेस्थित कम्प्लेक्समा आगजनी गरेको छ। सुविधानगरस्थित नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा पनि आगजनी गरिएको छ। प्रदर्शनकारीले प्रहरीको एक थान हतियार समेत खोसेका छन्।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एवं एसपी अपिलराज बोहराले प्रहरी र प्रदर्शनकारी दुवै पक्षबीच झडप भए पनि क्षतिको एकीकृत विवरण आइनसकेको बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend