• Saturday 25th July 2026

संस्थागत क्षमता विकास गर्दै अपागता भएका महिलाहरु

संस्थागत क्षमता विकास गर्दै अपागता भएका महिलाहरु

सहजीकरणमा परिवारभित्र मात्र खुम्चिएका अपांगता भएका महिलालाई संघसस्थामा आवद्ध गराएर अपांगता आफूमा मात्र होइन अरुमा पनि छ र अपांगतालाई जितेर पनि सहज रुपमा जीवन जिउन सिकाउने लक्ष्य


  • लुम्बिनी रिभ्यू

बुटवल– व्यक्तिको संस्थागत क्षमता विकास गर्नु किन आवश्यक छ ? यसको सहज जवाफ हुन्छ, संघसस्थामा आवद्ध हुन र अधिकारका लागि एकिकृत आवाज उठाउन । सामाजिक अपांगता भएका महिलाहरुलाई संघ संस्थामा आवद्ध गरि सशतm बनाउन काम थालिएको छ ।
अपांगता महिला संघ रुपन्देहीले अपांगता भएका महिलाहरुलाई  संघसस्थामा आवद्ध गराएर अनुभव र सिकाइ आदान प्रदान गराउने र अधिकार प्राप्तिमा सहयोग गर्न भन्दै काम थालेको हो । संघका अध्यक्ष कल्पना ढकालले अपागताका कारण समस्या भोगी रहेका पिडा बोध भएका र अधिकारबाट बञ्चित भएका महिलाहरुलाई एकिकरण गरी संस्थामा आवद्ध गर्न काम थालेको बताउनुभयो ।


यसै क्रममा बुटवलमा आपागता भएका महिलाहरुको लागि संस्थागत सशक्तिकरण सम्बन्धी कार्यक्रम गरेको छ । जसमा नेतृत्व विकास, समुह गठन, संगठन निर्माण, समुह परिचालन संस्थगत सशक्तिकरण, लेखा व्यवस्थापन लगायतका बारेमा सिकाइएको थियो । सहजीकरणमा परिवारभित्र मात्र खुम्चिएका अपांगता भएका महिलालाई संघसस्थामा आवद्ध गराएर अपांगता आफूमा मात्र होइन अरुमा पनि छ र अपांगतालाई जितेर पनि सहज रुपमा जिउन सिकाइएको थियो ।
अपांगता महिला संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । चैत १५ गते शुक्रबार देखि सुरु भएको कार्यक्रम ३ दिनसम्म सञ्चालन भएको थियो । कार्यक्रममा बुटवल सहित आसपासका करिब ३ दर्जन महिलाको सहभागिता रहेको थियो । कार्यक्रममा सामाजिक अभियन्ता भुवन भुसाल,अमृता अनमोल,कल्पना ढकाल लगायतले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमको समापन सत्रमा बोल्दै आईतवार अपांगता महिला संघ रुपन्देहीका अध्यक्ष ढकालले अपांगता र महिला भएकै कारण अपांगता भएका महिलाहरु दोहोरो मारमा परेको बताउनुभयो । उहाले यस्तो समस्या कम निरन्तर अभियान चलाउने बताउनुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend