• Saturday 25th July 2026

आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती मनाउने प्रधानमन्त्री ओलीको घोषणा

आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती मनाउने प्रधानमन्त्री ओलीको घोषणा

विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको धारणा


  • लुम्बिनी रिभ्यू

लुम्बिनी,प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती मनाउने घोषणा गरेका छन्। लुम्बिनीमा आइतबार आयोजित २५६९ औं बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन ।
प्रधानमन्त्री ओलीले लुम्बिनीको गुरुयोजना निर्माण भइसकेको उल्लेख गर्दै त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताए। उनले सरकारले लुम्बिनीलाई विश्वभर प्रचार गरी पर्यटन प्रवद्धन गर्न समेत विविध कार्यक्रम गर्ने बताए ।
प्रधानमन्त्री ओलीले बुद्धका उपदेश विश्वका लागि सन्दर्भयोग्य रहेको र बुद्धका शान्तिका सन्देशहरू अहिले पनि, जहिले पनि, जहाँ पनि सान्दर्भिक भएको बताए ।
उनले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको धारणा राखे ।

बुद्धको सन्देश र उपदेशको विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएको उल्लेख गर्दै उनले बुद्ध दर्शन, बुद्धका सिद्धान्त, र ऐतिहासिक महत्त्वका बारेमा बताए । प्रधानमन्त्री ओलीले बुद्धका शिष्यहरूको योगदानको प्रशंसा गर्दै शान्ति, करुणा र प्रेमजस्ता मूल्यको प्रचारमा उनीहरूले महत्त्वपूर्ण भूमिका खेलेको बताए। हिंसाबाट टाढा रहन र मैत्रीभाव तथा करुणाको विकास होस् भन्ने उद्देश्यले काम गरिएको उनको भनाइ थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend