• Saturday 25th July 2026

बुटवल बसपार्कमा स्नान गृह, दैनिक सयौं यात्रु लाभान्वित

बुटवल बसपार्कमा स्नान गृह, दैनिक सयौं यात्रु लाभान्वित

शौचालय प्रयोगका लागि १० रुपैयाँ र स्नानका लागि २० रुपैयाँ पैसा तोकिएको छ । महिलाहरूको लागि महिनावारी भएका बेलामा प्रयोग गर्ने प्याडहरू बिर्सन गर्नको लागि छुट्टै बक्स समेत राखिएको छ। बसपार्क भित्रका कर्मचारी र गाडी स्टाफहरुलाई भने केही छुट दिँदै आएको भूपेन्द्र ट्रेडर्सले बताएको छ। यो रकम पनि पुनः स्नान गृहकै व्यवस्थापनमा खर्च गरिने ट्रेडर्सले जनाएको छ।


  • लुम्बिनी रिभ्यू

सरिना मरासिनी
बुटवल, बुटवलको बसपार्क देशकै चहलपहल भएको यात्रु केन्द्र मानिन्छ। पूर्वपश्चिम राजमार्गसँगै विभिन्न पहाडी र तराई जिल्लाहरूको आवतजावत हुने मुख्य नाका भएकाले यहाँ दैनिक हजारौँ यात्रु ओहोरदोहोर गर्छन्। तर, लामो समयदेखि यति व्यस्त स्थानमा यात्रुहरूको आधारभूत आवश्यकताको रूपमा रहेको शौचालय तथा स्नानको सुविधा भने निकै अव्यवस्थित थियो। यात्रुहरू हात खुट्टा धुन र सौच गर्न होटलमा जान बाध्य थिए। तर होटलले ग्राहक नभएसम्म सौच गर्न नदिने वा केही किन्नुपर्ने बाध्यात्मक व्यवहारले उनीहरूलाई थप असहज बनाउँदै आएको थियो। साना बच्चासहित यात्रा गरिरहेकाहरूका लागि त यो अवस्था झन् कष्टकर हुन्थ्यो।

निर्वाचनपछि सार्वजनिक स्थलहरूलाई सफा, सुरक्षित र सबैका लागि सहज बनाउने लक्ष्यसहित अघि बढेको बुटवल उपमहानगरपालिकाले सोही धारणा अनुसार बसपार्क क्षेत्रभित्र स्नान गृह सञ्चालनमा ल्याएको उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्याल भन्छिन्, हामीले सार्वजनिक स्थानहरूलाई व्यवस्थित बनाउने संकल्पसहित काम गरिरहेका छौं। यात्रुहरूको सुविधा सुनिश्चित गर्न स्नान गृह सञ्चालनमा ल्याउनु हाम्रो सोही प्रयासको एक हिस्सा हो। उनका अनुसार बुटवल भौगोलिक र आर्थिक दृष्टिले केन्द्रमा पर्छ, जहाँ टाढा टाढाबाट यात्रुहरू आउजाउ गर्छन्। यस्तो स्थानमा स्वच्छता र सरसफाइमा पहुँच दिनु अत्यावश्यक भएकाले उपमहानगरपालिकाले यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै यो पहल अघि सारेको हो। अब यात्रुहरूले सजिलै हात खुट्टा धुन, नुहाउन र सार्वजनिक शौचालय प्रयोग गर्न पाउँछन्, उपप्रमुख अर्याल भन्छिन्, साथै, उनीहरूका झोला ब्यागहरू राख्न मिल्ने सुरक्षित र गृहमय वातावरण बनाइएको छ, जसले गर्दा यात्रुहरूले सहज महसुस गर्न सकून् । उनका अनुसार यस्तो संरचना यात्रु मैत्री नगरको परिकल्पनातर्फको सार्थक पाइलो हो, जुन अझ विस्तार गरिँदै लैजाने योजनामा उपमहानगरपालिकाले काम गरिरहेको छ।
यात्रुहरूको सुविधालाई प्राथमिकतामा राख्दै सुरु गरिएको स्नान गृहसहितको सार्वजनिक शौचालय बुटवल बसपार्क क्षेत्रको सरसफाइ र स्वास्थ्य प्रवद्र्धनमा सकारात्मक कदम सावित भएको पश्चिमाञ्चल बस व्यवसायी समितिका अध्यक्ष दधिराम खरेलले बताए । उनले भने पहिले दुर्गन्ध, फोहोर र संरचनात्मक कमजोरीले गम्भीर समस्या झेलेको यो स्थान अहिले सफा र प्रयोगमैत्री देखिन थालेको छ। तर अझैपनि गाडीका चालक र सहचालकले दैनिक नुहाउने, लुगा धुने र केहीबेर आराम गर्न पाउने गरी सुविधा थप व्यवस्थित गर्नु पर्ने उनले बताए।


भारतबाट अर्घाखाँची जानको लागि आएकी लक्ष्मी पुन बुटवलको बसपार्कमा ओर्लिइ। उनले पहिला भोगेको शौचालयको समस्या अहिले भने भोग्नु परेन। पुरानो समस्या भोग्न नपरेपछि उनि खुसी हुँदै शौचालय प्रयोग गरिर्न । शौचालय राम्रो र व्यवस्थित भएको उनले बताइन्। उनले भनिन् अरु अरु ठाउँमा शौचालय प्रयोग नगर्दै पैसा माग्ने गर्छन् यो शौचालयमा आफूलाई नुहाउन या शौचालय जे आवश्यकता हो आफूले प्रयोग गरिसकेपछि पैसा दिन पाउनु पनि राम्रो हो। सरसफाईको हिसाबले पनि शौचालय धेरै राम्रो रहेको उनले सुनाइन । आफू धेरै दिनको यात्रामा रहेको र अहिले हात मुख धोएर फेरि यात्रा गर्ने हुनाले स्नान गृहमा आफूले हात मुख धोएर फ्रेस भएको उनले बताइन्। स्थान गृहमै भेटिएका अर्का यात्रु हुन् काठमाडौँदेखि पश्चिमको यात्रामा रहेका सागर महतो । उनी भन्छन् शौचालय व्यवस्थित भएको तर टावेल र साबनको राम्रो व्यवस्था हुन सके अझ राम्रो हुने थियो । सार्वजनिक शौचालय भन्ने बित्तिकै दुर्गन्धित र फोहोरो हुने भएपनि यो बसपार्कको स्नान गृहसहितको शौचालय सफा रहेको र प्रयोग गर्न सहज रहेको उनले बताए । उनले आफूले यात्रा गर्ने क्रममा यस्तो स्नान गृहसहितको शौचालय अन्यत्र कतै नदेखेको पनि बताए।
स्नान गृह ५ सय ७५ वर्गफुट क्षेत्रफलमा फैलिएको छ। भवनको तल्लो तलामा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय र स्नान कोठा छन्। पानीको सहज पहुँच, सरसफाइ, प्रकाश र हावापानीको समुचित व्यवस्थाले यहाँ आएको व्यक्तिलाई सहज महसुस गराउँछ। यो भवन अपाङ्गमैत्रीसमेत छ। ह्वीलचेयर प्रयोगकर्ताहरूलाई सहज पहुँच हुने गरी ढोका र र्याम्पको निर्माण गरिएको छ। माथिल्लो तलामा भने शौचालयको व्यवस्थापन हेर्ने कर्मचारीहरू बस्ने ठाउँ बनाइएको छ। यो संरचना २०७९÷८० मा निर्माण सुरु भएर २०८०÷८१ मा सञ्चालनमा आएको हो। कुल १ करोड ६४ लाख रुपैयाँ लागत रहेको छ भने यसको जिम्मा भूपेन्द्र ट्रेडर्सले लिएको छ। यो सम्पूर्ण योजना बसपार्क व्यवस्थापनका लागि गरिएको ३ करोड ५० लाखको टेन्डर भित्रै समावेश गरिएको छ।
स्नान गृहमा सेवा लिन आउने यात्रुको संख्या दिनहुँ बढ्दो छ। बिहान सबेरैदेखि बेलुका ढिलोसम्म खुला रहने यो स्थानमा बसपार्क क्षेत्रमै काम गर्ने मजदुरदेखि लिएर टाढा–टाढाबाट आएका यात्रुहरूको बाक्लो उपस्थिति देखिन्छ।
अहिले यात्रुले न्यून शुल्क तिरेर शौचालय प्रयोग गर्न पाएका छन्। शौचालय प्रयोगका लागि १० रुपैयाँ र स्नानका लागि २० रुपैयाँ पैसा तोकिएको छ । महिलाहरूको लागि महिनावारी भएका बेलामा प्रयोग गर्ने प्याडहरू बिर्सन गर्नको लागि छुट्टै बक्स समेत राखिएको छ। बसपार्क भित्रका कर्मचारी र गाडी स्टाफहरुलाई भने केही छुट दिँदै आएको भूपेन्द्र ट्रेडर्सले बताएको छ। यो रकम पनि पुनः स्नान गृहकै व्यवस्थापनमा खर्च गरिने ट्रेडर्सले जनाएको छ।
बसपार्क क्षेत्रमा साना होटल, खाजा पसल, टिकट काउन्टर, यात्री विश्राम भवन र साना व्यापारिक संरचनाहरूको बाक्लै छन्। यहाँ काम गर्ने सयौँ मजदुर, टिकट एजेन्ट र कर्मचारीले पनि दिनहुँ शौचालय प्रयोग गर्नुपर्ने हुन्छ। अझ उनीहरूका लागि त यो सुविधा निकै नै महत्वपूर्ण र प्रभावकारी बनेको छ। बिहान उज्यालो नहुँदै राति अबेरसम्म बसपार्क भित्रकै विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरू त सोही स्नान गृहसहितको सार्वजनिक शौचालय प्रयोग गर्न थालेका छन्। बसपार्क भित्रै काम गर्ने अनिल मल्लले आफुले दिनमा चार पाँच पटक यहि शौचालय प्रयोग गर्ने गरेको बताए। अहिले त एकदम सहज भएको छ। बिहानको सुरुवात यहीँबाट गर्छु। पहिले होटल जान्थ्यौं, त्यहाँ सौच गर्दा पनि चिया, बिस्कुट त खानुपथ्र्यो। अहिले आफू अनुकुल उपयोग गर्न पाइन्छ।
यस सुविधाको निरन्तरता, नियमित सरसफाइ, मर्मत, सुरक्षा र सस्तो दर कायम राख्नुपर्ने चुनौती भने अबको प्रमुख जिम्मेवारी हो। यात्रुहरूको संख्या दिनप्रतिदिन बढ्ने क्रमसँगै फोहोर व्यवस्थापन, पानीको उपलब्धता र कर्मचारी परिचालनको सवाल समयमै सम्बोधन गर्न सके यो सुविधा अझ प्रभावकारी बन्नेछ। अन्यथा सुरुवाती उत्साह पछि सेवा कमजोर हुन पुग्यो भने यो सफल अभ्यास पनि आलोचनामा परिणत हुन सक्छ।उपमहानगरपालिकाले लिएको यो पहल सराहनीय त छ तर अझैपनि गाडीका चालक र सहचालकले दैनिक नुहाउने, लुगा धुने र केहीबेर आराम गर्न पाउने गरी सुविधा थप व्यवस्थित गर्नु आवश्यक छ।
अहिले त एकदम सहज भएको छ। बिहानको सुरुवात यहीँबाट गर्छु। पहिले होटल जान्थ्यौं, त्यहाँ सौच गर्दा पनि चिया, बिस्कुट त खानुपथ्र्यो। अहिले आफू अनुकुल उपयोग गर्न पाइन्छ।
यस सुविधाको निरन्तरता, नियमित सरसफाइ, मर्मत, सुरक्षा र सस्तो दर कायम राख्नुपर्ने चुनौती भने अबको प्रमुख जिम्मेवारी हो। यात्रुहरूको संख्या दिनप्रतिदिन बढ्ने क्रमसँगै फोहोर व्यवस्थापन, पानीको उपलब्धता र कर्मचारी परिचालनको सवाल समयमै सम्बोधन गर्न सके यो सुविधा अझ प्रभावकारी बन्नेछ। अन्यथा सुरुवाती उत्साह पछि सेवा कमजोर हुन पुग्यो भने यो सफल अभ्यास पनि आलोचनामा परिणत हुन सक्छ।उपमहानगरपालिकाले लिएको यो पहल सराहनीय त छ तर अझैपनि गाडीका चालक र सहचालकले दैनिक नुहाउने, लुगा धुने र केहीबेर आराम गर्न पाउने गरी सुविधा थप व्यवस्थित गर्नु आवश्यक छ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend