अमृता अनमोल
बुटवल, आफ्नो नाममा भएको जग्गा अर्काको नाममा पूर्जा बन्दा के हुन्छ ? बुटवलमा यस्तो समस्या भोग्ने घरपरिवार धेरै छन् । आफ्नो जग्गाको पूर्जा विद्यालयको नाममा बनेपछि समस्या भोगेका केहीले भने बिहीबार पूर्जा पाएका छन् ।
आफ्नो नामको जग्गा विद्यालयको नाममा पूर्जा बनेपछि समस्या भोगेका बुटवलको सेमलारका ४२ घरपरिवारले ६१ वर्षपछि बल्ल पूर्जा पाएका छन् । नवरत्न माविले जग्गा बढाउने नाममा झुक्कीएर विक्रम सम्वत २०२७ मा स्थानीयको जग्गा आफ्नो नाममा दर्ता गरेको थियो । त्यसले बुटवल १५ सेमलारका ४२ घरपरिवारले जग्गाको स्वामित्व गुमाएका थिए । आफ्नो जग्गाका स्वामित्व फर्काउन त्यसयता स्थानीय पटक पटक स्थानीय तह, नापी कार्यालय हुदै संघीय सरकारसम्म पुगे । पूर्जा पाउन ६१ वर्ष कुर्नुपरेको संघर्ष स्थानीय स्थानीय टेकबहादुर रोकायाले सुनाउनुभयो । उहाले भन्नुभयो ,‘हामीले पैसा हालेर किनेकै जग्गा हो । पछि। नवरत्न माविले जग्गा बढाउने नाममा झुक्कीएर विक्रम सम्वत २०२७ मा स्थानीयको जग्गा आफ्नो नाममा दर्ता गरेको थियो । दर्ता फर्काउन निकै कोशिश गरेका थियौं । भएन । अहिले बल्ल पूर्जा पायौं । ’
सेमलारका दुर्गाप्रसाद भुसालले जग्गाको पूर्जा नहुदा बैंकिड. काम गर्न नपाएको बताउनुभयो । उहाले अब बल्ला कारोबार गर्न पाइने, जग्गाको किनबेच हुने र धितो राख्न सकिने भएकाले खुसी लागेको बताउनुभयो ।

बुटवलसहित तराइका वस्तीहरुमा गाउ“ब्लक समस्या छ । विसं २०२७ मा जग्गाको नापी ह“ुदा घना बस्ती भएका तराईका क्षेत्रमा नापी विभागले यौटै प्लटमा नाप गरेको थियो । यौटा सबै गाउ एउटा ब्लकमा राखिएकाले त्यसलाई गाउ“ ब्लक भनिएको हो । एकै ठाउ“मा रहेको वस्ती नहटाउन भन्दै तत्कालीन अवस्थामा नापी विभागले यसो गरेको थियो । तर, जग्गा गाउब्लकमा परेकाले पनि अहिलेसम्म पूर्जा पाएका छैनन् । जग्गाकोे पूर्जा नहुदा जग्गा किनबेच गर्न, बैंकमा राख्न, धितो कायम गर्न र आर्थिक कारोवार गर्नसमेत पाएका छैनन् ।
स्थानीय गंगाप्रसाद नेपालले बैंकमा जग्गा धितो राख्न नपाउदा ऋण लिन पनि नपाएको बताउनुभयो । यही कारण छोराछोरीले काम गर्न नपाएको उहाले बताउनुभयो ।
स्थानीय वीरबहादुर क्षेत्री लामो प्रयासपछि जग्गा पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । गाउका युवाहरुले आवाज उठाउने र उपमहागरपालिकाले कुरा सुनेकै कारण पूर्जा पाउन सफल भएको बताउनुभयो ।
रुपन्देहीसहित तराईका वस्तीहरुमा गाउ ब्लक समस्या छ । बुटवलमा रहेको गाउब्लक समस्या हटाउन बुटवल उपमहानगरले नापजाचको खर्च आफैले व्यहोरेर नापी कार्यालयसँगको समन्वयमा पूर्जा वितरण थालेको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पूर्जा अभावमा नागरिकले दुःख पाएको देखेपछि नापी कार्यालयको नापजाच खर्च उपमहानगरले आफै व्यहोरेर पूर्जा दिने प्रक्रिया थालेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिकाको नेतृत्वले “कागजमा होइन, काममा आधारित” स्थानीय सरकार बनाउने संकल्पबद्धतासाथ अघि बढिरहेको उल्लेख गर्नुभयो । उहाले भन्नुभयो “६१ वर्षको पर्खाइ टुंगिएको आजको दिन बुटवलका लागि गौरवको क्षण हो । भूमिहीनको पक्षमा अधिकार सुनिश्चित गर्नु र बर्सौँदेखि अन्यायमा परेका नागरिकलाई न्याय दिलाउनु हाम्रो पहिलो प्राथमिकता हो ।” उहाले ले सेमलारलगायत अन्य भूमिहीन बस्तीहरूमा समेत निरन्तर जग्गा नापजाँच र लालपुर्जा वितरण प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभयो । “जहाँ राज्य पुगेको छैन, त्यहाँ राज्यको उपस्थिति पुर्याउने हाम्रो जिम्मेवारी हो । हामी घोषणा होइन, उपलब्धिमा विश्वास गर्छौं ।”उहाले भन्नुभयो ।
यस्तै, उपप्रमुख सावित्रा अर्यालले महिलासहित कमजोर वर्गका नागरिकले जग्गामा कानुनी स्वामित्व प्राप्त गर्नु सामाजिक न्यायको दिशामा ठूलो पाइला भएको बताउनुभयो । उहाले भन्नुभयो, “आज हामीले महिलाहरूको अनुहारमा जुन उज्यालो देख्यौं, त्यो सिर्फ लालपुर्जा वितरणको खुसी होइन, अधिकारको अनुभूति हो । यस कार्यले भावी पुस्ताका लागि सुरक्षित जीवन र सम्मानित नागरिकताको जग बसाल्नेछ ।”
बुटवललले तदारुकता देखाएपछि नापी कार्यालय भैरहवाले अहिले भूमि समस्या रहेका बुटवलका जग्गा नापजाच प्रक्रिया अगाडि बढाएको छ । अन्य स्थानीय तहले पनि अगुवाइ गर्ने हो भने गाउ ब्लक लगायत भूमी समस्या भोगेका रुपन्देहीका वासिन्दाले छिटै जग्गाधनी पूर्जा पाउने सरोकारवालाहरुको भनाइ छ ।

लुम्बिनी रिभ्यू