• Saturday 25th July 2026

लुम्बिनीमा ट्राफिक नियम मिच्ने सवारीबाट १७ करोड ८३ लाख राजश्व

लुम्बिनीमा ट्राफिक नियम मिच्ने सवारीबाट १७ करोड ८३ लाख राजश्व


  • लुम्बिनी रिभ्यू

बुटवल, लुम्बिनी प्रदेशमा ट्राफिक नियम उल्लंघन गरेका सवारी साधनको जरिवानाबाट एक वर्षमा १७ करोड ८३ लाख ८३ हजार रुपैयाँ संकलन भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले गत आर्थिक वर्ष २०८१, ८२ मा १ लाख ७० हजार ८० वटा सवारी साधनलाई जरिवाना गर्दा  उक्त जरिवाना संकलन गरेको हो ।

ट्राफिक प्रहरीले सवारीसाधनको चेकजाँच र कारबाहीलाई बढाउदा नियम मिच्ने सवारीका साधन कारबाहीमा पर्ने र जरीवाना रकम बढ्ने गरेको कार्यालय प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले बताउनुभयो ।


लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये गत वर्ष सबैभन्दा बढी रुपन्देहीमा ५० हजार ४ सय ४१ वटा सवारीसाधन कारबाहीमा परेका थिए ।

यसबाट ६ करोड ८ लाख ४९ हजार १२ रुपैयाँ जरिवाना संकलन भएको छ। सवारी साधनको जरिवाना रकम अघिल्लो आर्थिक वर्ष २०८०, ८१ को भन्दा ४१ लाख ४५ हजार ९१६ रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षमा सवारी नियम उल्लंघन गर्ने सवारी साधनबाट १७ करोड ४२ लाख ३७ हजार ५ सय ३ रुपैयाँ जरिवाना संकलन भएको थियो।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend