• Saturday 25th July 2026

जताततै जेन-जीको प्रदर्शन, प्रहरीकाे गोली लागि मृत्यु हुनेकाे संख्या बढ्दाे

जताततै जेन-जीको प्रदर्शन, प्रहरीकाे गोली लागि मृत्यु हुनेकाे संख्या बढ्दाे


  • लुम्बिनी रिभ्यू

काठमाडौँ ,  काठमाडौंसहित देशका मुख्य सहरमा जेन-जीको प्रदर्शन भइरहेको छ ।

प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो ।

उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएका ४ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको हो ।

अस्पताल ल्याइएका ४ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले पुष्टि गरे । ‘१० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको र छातीमा गोली लागेको छ,’ उनले भने, ‘२० भन्दा बढी अन्य घाइतेको पनि उपचार भइरहेको छ ।

सिभिलका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले अस्पतालमा ल्याइएका दुई जनाको मृत्यु भएको बताए ।

मृतकहरूको पहिचान खुल्न सकेको छैन । रेग्मीले अस्पतालमा दर्जनौं घाइतेको उपचार भइरहेको बताए ।

प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको छ । घाइतेको ट्रमा, सिभिल, एभरेस्ट लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा ‘जेन–जी’हरु प्रदर्शनमा उत्रिएका हुन् ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend