• Saturday 25th July 2026

राज्यका तीनवटै अंग आन्दोलनकारीको नियन्त्रणमा, देउवा दम्पत्ती कुटिए

राज्यका तीनवटै अंग आन्दोलनकारीको नियन्त्रणमा, देउवा दम्पत्ती कुटिए


  • लुम्बिनी रिभ्यू

काठमाडौं । राज्यका तीनै अंग मानिने व्यवस्थापिका संसद, कार्यपालिका सिंहदरबार र न्यायपालिका सर्वोच्च अदालत आन्दोलनकारीको नियन्त्रणमा पुगेका छन् ।

तीनवटै निकायका मुख्य भवनहरूमा आगजनी भएको छ । त्यहाँ आन्दोलनकारीहरू प्रवेश गरेर तोडफोड गरेका छन् । सुरक्षा निकाय, प्रशासनिक निकायका सबै प्रमुखहरूले स्थिति आफ्नो नियन्त्रणमा नरहेको भन्दै संयुक्त विज्ञप्ति जारी गर्दै स्थितिको समाधानका लागि अपिल गरेका छन् ।

अहिले संसद भवन नयाँ बानेश्वरमा सम्पूर्ण रूपमा आन्दोलनकारीको नियन्त्रणमा छ । त्यहाँका सबै भौतिक संरचनाहरू तोडफोड भएका छन् । प्रदर्शनकारीले त्यहाँ आगजनी पनि गरेका छन् ।

सर्वोच्च अदालत, महान्याधिवक्ताको कार्यालय, नेपाल बार एसोसिएसन, काठमाडौं जिल्ला अदालत लगायतका सबै भवनहरूमा प्रदर्शनकारी प्रवेश गरी आगजनी गरेका छन् ।

यसैिवच  प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका छन्। दुबै जना घाइते छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend