बुटवल, रुपन्देहीमा लगाउदै आएको कफ्र्यु आज शुक्रबार बिहान ६ बजेदेखि हटेको छ ।
३ दिनदेखि लगाइदै आएको कफ्र्यु हटेसँगै रुपन्देहीको जनजीवन सामान्य बन्दै गएको छ । अहिले जिल्लामा निशेधाज्ञा पनि छैन । राजमार्ग क्षेत्रमा सेनाले सुरक्षा दिइरहेको छ । सडकमा सामान्य सवारीका साधन चलेका छन् । बजारका भित्री सडकका पसल खुल्न थालेका छन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले अवस्था सामान्य बन्दै गएकाले कफ्र्यु र निशेधाज्ञा दुवै नलगाएको बताउनुभयो ।उहाले दिउसोसम्म सुरक्षा समितिको बैठक बसेर थप निर्णय लिने पनि जानाकारी दिनुभयो ।

लुम्बिनी रिभ्यू