काठमाडौं । जेनजीकाे बिद्राेहपछि उत्पन्न नयाँ र कठिन परिस्थितिमा प्रधानमन्त्री पदमा सुशीला कार्की नियुक्त भएकी छन् । उनले नेपालकाे पहिलाे महिला प्रधानमन्त्रीकाे रेकर्ड राखेकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्ति गर्नुका साथै आजै शपथ ग्रहणको कार्यक्रम राखिएको थियाे । जेन जी आन्दोलनकारीको प्रतिनिधित्व गर्दै उनले सरकारको नेतृत्व गर्दै छन् ।
को हुन सुशीला कार्की ?
सुशीला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुन । उनले २०७३ साल असारदेखि २०७४ जेठसम्म सर्वोच्च अदालतको नेतृत्व गरेकिथिइन ।
उनको कार्यकालमा विभिन्न ठूला मुद्दाहरूमा ऐतिहासिक फैसला भएका थिए । जसमा आमाको नामबाट नागरिकता लिन पाइने आदेश, ठूला राजनीतिक व्यक्ति विरुद्धका भ्रष्टाचार मुद्दामा कठोर निर्णय र तत्कालीन कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ गरी अनुसन्धान अघि बढाउन दिएको आदेशलगायत छन् ।
कार्कीमाथि राजनीतिक शक्तिहरूले महाभियोग प्रस्तावसमेत ल्याएका थिए तर न्यायिक स्वतन्त्रताप्रतिको जनसमर्थनका कारण त्यो प्रस्ताव अघि बढेन ।

लुम्बिनी रिभ्यू