• Saturday 25th July 2026

पहिलो पाइला नेपाल बुटवलद्धारा शान्ति दिप प्रज्वलन

पहिलो पाइला नेपाल बुटवलद्धारा शान्ति दिप प्रज्वलन

जेनजी आन्दोलनका शहिदहरुको सम्झना


  • लुम्बिनी रिभ्यू

बुटवल, जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा पहिलो पाइला नेपाल बुटवलले सोमबार बुटवलमा शान्ति दिप प्रज्वलन गरेको छ ।
देशमा बढ्दै गएको भ्रष्टाचार र कुशाशन विरुद्ध आवाज उठाउदा सहिद भएका जेनजीहरुको सम्झनामा दिप प्रज्वलन गरिएको हो । बुटवल ९ को कालिकापथ अन्तरगत तिनकुनेमा दीप प्रज्वलन गरिएको थियो । दीप प्रज्वलनमा पहिलो पाइला नेपाल बुटवल शाखाका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

पहिलो पहिला नेपाल जेनजी उमेर समूहको बाहुल्यता रहेको सामाजिक संस्था हो । दीप प्रज्वलन कार्यक्रममा सहीदहरुको मोक्ष प्राप्ति तथा अमरताको कामना गरिएको थियो ।

पहिलो पाइला नेपाल बुटवलका अध्यक्ष गोमा भट्टराईको अध्यक्षता रहेको कार्यक्रम संचालन सहसचिव प्रकाश पोख्रेलले संचालन गर्नुभएको उपाध्यक्ष गौरव खनालले बताउनुभयो। भदौ २३ र २४ गते जेनजीहरुले आन्दालन गरेका थिए । सरकारले जेनजी आन्दोलनमा मृत्यु भएका जेनजीहरुलाई शहीद घोषणा गरीसकेको छ ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend