रुकुमपूर्व — रुकुम पूर्वको भुमेमा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भुमे गाउँपालिका–१ स्यावालस्थित मध्यपहाडी राजमार्गमा शनिबार साँझ साढे ७ बजेतिर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार लुगुम गाउँबाट ब्राहतालतर्फ जाँदै गरेको अटो दुर्घटना भएपछि एकै घरका जेठानी–देउरानीको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा भुमे १ लुगुमकी ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया फिसोल्टी घर्ती रहेका छन् ।
घाइतेहरुको जिल्ला अस्पताल रुकुमकोटमा उपचार भैरहेको छ ।

लुम्बिनी रिभ्यू