काठमाडौँ । नेपालमा नयाँ दल खाेल्ने क्रम ह्वात्तै बढेकाे छ । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिनेहरूकाे संख्या पनि बढेकाे छ ।
यसै क्रमका पछिल्लाे पटक ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ ले निर्वाचन आयोगमा अद्यावधिक विवरण बुझाएको छ ।
उक्त पार्टीको अद्यावधिक विवरण मंगलबार आयोगमा पेस गरिएको हो । ५१ सदस्यीय पार्टीमा पूर्वसचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष प्रस्ताव गरिएको छ ।
यसैगरी ‘जनादेश पार्टी नेपाल’ को नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । पार्टीको प्रस्तावित संयोजकमा कानून व्यवसायी रमण कर्ण रहेका छन् भने पत्रकार ऋषि धमला संरक्षक छन् ।
संयोजक र केन्द्रीय सदस्य मात्रै राखेर ७५ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीमा जेनजी समूहका युवाहरू पनि छन् । यस्तै, एलजीबिटीक्यू समुदाय (तेस्रोलिंगी) बाट दुईजना लक्ष्मी घलान र सम्झना कुँवरलाई केन्द्रीय समितिमा स्थान दिइएको छ । ऋषि धमलाकी पत्नी एलिजा गौतम र एमाले त्यागेर जेनजी आन्दोलनमा लागेकी जस्मिन ओझा केन्द्रीय समितिमा छन् ।
घिसिङ संरक्षित पार्टीमा काे काे ?


लुम्बिनी रिभ्यू