• Saturday 25th July 2026

रिहा भए पूर्वसभामुख कृष्णबहादुर महरा

रिहा भए पूर्वसभामुख कृष्णबहादुर महरा


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा रिहा भएका छन् । उच्च अदालतको आदेशअनुसार २० लाख धरौटी बुझाएर उनी केन्द्रीय कारागार सुन्धाराबाट छुटेका हुन्

भेपमार्फत भएको सुन तस्करी प्रकरणमा काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार असोज २९ देखि महरा पुर्पक्षको लागि कारागारमा थिए ।

बिहीबार उच्च अदालतका न्यायाधीशद्ववय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाले उनलाई धरौटीमा छाड्न आदेश गरेका हुन् ।

२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको सुन प्रकरणमा संलग्न आरोपमा महरालाई सीआईबीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend