• Saturday 25th July 2026

प्रभावकारी वन्दै भिडियो संवाद र अनलाईन कक्षा

प्रभावकारी वन्दै भिडियो संवाद र अनलाईन कक्षा


  • लुम्बिनी रिभ्यू

बुटवल। कोभिड १९ को जोखिमका कारण एकै पटक धेरै मानिस एकै स्थानमा जम्मा हुन र छलफल गर्न समस्या परिरहेको बेला भिडियो संवाद प्रभावकारी विकल्प बन्दै गएको छ ।
कोरोनाविरुद्धका गतिविधि प्रभावकारी बनाउन प्रदेश ५ मा मुख्यमन्त्री शंकर पोखरेलले झण्डै एक महिना अघिबाट भिडियो संवादको श्रृंखला सुरु गर्नुभएको थियो । उहांले अहिलेसम्म सातौंपटक भिडियो संवाद गरिसक्नु भएको छ । प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले पनि भिडियो सम्वाद गरेर प्रदेशको समग्र स्वास्थ्य अवस्थाको जानकारी लिईरहनु भएको छ । यस्तो सम्वाद अन्य जनप्रतिनिधिहरुले पनि गरिरहेका छन् ।
केही दिनअघि प्रदेशको कृषि मन्त्रालयले पनि अनलाईन पत्रकार सम्मेलन गरेको थियो । मानिस प्रत्यक्ष भेट हुन नपर्ने र जोखिम नहुने भएकाले यस्तो प्रबिधी प्रभावकारी बनिरहेको छ । बिभिन्न युवा,समाजिक अभियन्ताहरुले पनि भिडियो सम्बादका माध्ययमबाट कोरोनाविरुद्ध बहस र सचेतना फैलाई रहेका छन् ।
भिडियो सम्वादसंगै यो प्रदेशमा अनलाईन कक्षाहरु पनि प्रभावकारी बन्दै गएका छन् । लकडाउनमा बिद्यार्थीहरु घरमै रहेका बेला बिभिन्न क्याम्पस र बिद्यालयहरुले अनलाईन कक्षा सञ्चालन गर्न थालेका हुन् ।
-यो समाचारको पूर्ण अंश गोरखापत्र दैनिकमा प्रकाशित छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend