
बुटवल,बैशाख ८ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वार्ड नम्बर ४ शान्तिपुर बसपार्कमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ ।
बसपार्कमा रहेको खनाल स्टोर्समा सोमबार दिउँसो आगलागी हुँदा पसल सञ्चालक पूर्ण खनालका छोरा १६ वर्षीय समिर खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी उपरिक्षक प्रउरिक्ष राजेन्द्र सिंह खड्काले बताउनु भयो ।
आगलागीमा परेर परिवारका तीन जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पाल्पा मिसन अस्पतालमा पठाईएको छ ।
आगलागीले पसलको सबै सामग्री जलेर नष्ट भएको छ । बिद्युत सट् भएको आगो लागेको अनुमान गरिएपनि खास कारण खुल्न सकेको छैन् ।

लुम्बिनी रिभ्यू