• Saturday 25th July 2026

देशको लुतो ३० गते फाल्ने : एमाले अध्यक्ष ओली

देशको लुतो ३० गते फाल्ने : एमाले अध्यक्ष ओली


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन देशका लागि कष्ट र पीडा भएको वताउँदै लुतोका रुपमा रहेको गठबन्धनलाई जनताले आउँदो ३० गते फाल्ने बताउनुभएको छ ।


आज काठमाडौं महानगरपालिकाको उम्मेदवार परिचयात्मक कार्यक्रम तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आउँदो स्थानीय तहको निर्वाचनबाट देशको लुतोका रुपमा रहेको पाँच दलीय असंवैधानिक निकम्मा सरकारलाई फाल्ने बताउनुभएको हो ।
अध्यक्ष ओलीले काँग्रेस बैचारिक उद्देश्य नभएको कुहिरोको काग भएको बताउँदै काँग्रेसको घोषणा पत्र राजनीतिक दस्तावेज नभएर गाली गलौजको पुलिन्दा भएको बताउनुभयो ।
उहाँले नेकपा एमाले देश बनाउने अभियानमा हिडेको पार्टी भएकोले कुनै नाताबाद कृपावादमा नफसेको बताउनुभयो । उहाँले भन्नुभयो —कुनै ईतिहास र योगदान नभएका श्रीमति र छोरी उम्मेदवार बनाएर काँग्रेस पार्टीले लोकतन्त्रको उपहास गरेको छ । काँग्रेस विचारको हिसाबले गतिहीन भएको देख्दा मलाई दया लागेको छ । अध्यक्ष ओलीले नेकपा एमाले विकासको काममा ऐतिहासिकता झल्काउने आधुनिकता टल्काउने पार्टी भएको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, महिला अस्मिता सुरक्षा गर्ने सन्दर्भमा एमाले जस्तो पार्टी अरु कुनै छैन । महिलाहरुलाई सामाजिकीकरण, सहभागिता तथा सम्पतिको अधिकारदेखि नीति निर्माण तहमा पुर्याउने पार्टी एमाले मात्रै हो । उहाँले निर्मला पन्तको बलात्कार पछिको हत्या प्रकरणको प्रसंग कोट्याउँदै त्यति बेला काँग्रेसले छानविन गर्न अवरोध गरेको तर काँग्रेसको सरकार, काँग्रेसको गृहमन्त्री भएको १० महिना वित्दा पनि छानविन गर्न कुनै तत्परता नदेखाएका बताउनुभयो । उहाँले चुच्चे नक्शा आइसकेपछि हाम्रो जमिन फिर्ता गर् भन्न पनि नसक्ने र जयसिंह धामी छानविनको रिपोर्ट समेत सार्वजनिक गर्न नसक्ने बर्तमान परमादेशी गठबन्धन सरकार घरको बाघ बाहिरको स्याल भएको बताउनुभयो ।
अध्यक्ष ओलीले वाईडबडी प्रसंग निकाल्दै भन्नुभयो, जसले वाईडबडी खान्छ उसैले आरोप लगाउँछ, जसले २४ लाख कोभिड भ्याक्सिन खान्छ उसैले पाँच हजार तिरेर भ्याक्सिन लगाएँ भनेर बकवास गर्छ । उहाँले माओवादी केन्द्रका नेता कार्यकता एमालेमा धमाधम प्रवेश गरी रहेको प्रसंगलाई संकेत गर्दै माओवादी रित्तिदै गएको बताउनुभयो ।
बाघबजारतिर ट्युसन सेन्टर खोलेकाहरुलाई बालकोटतिर आए केटाकेटी खोजी दिने अध्यक्ष ओलीले बताउनुभयो । उहाँले अहिलेको सरकारले देशको अर्थतन्त्र तहसनहस बनाएको बताउँदै उद्यमी तथा ब्यवसायी रुने अवस्थामा पुगेको धारणा ब्यक्त गर्नुुभयो । एमालेको सरकार हुँदा १२ महिना पुग्ने विदेशी मुद्रा सञ्चिति गरेका थियांै आयात घटाएर निर्यात बढाएका थियां,ै ब्यापार असन्तुलनबाट सन्तुलन कायम गरेका थियौं तर अहिले सरकारले सवै तहसनहस बनायो ।
आसन्न निर्वाचनमा देश बिगार्ने गठबन्धनलाई परास्त गर्नुपर्ने बताउँदै अध्यक्ष ओलीले देश बनाउने भन्दै उम्मेदवार बन्नुभएका सवैसँग हाम्रो पार्टीको कुनै आग्रह छैन भन्नुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend