• Saturday 25th July 2026

प्रेस काउन्सिलको अपिल : दुष्प्रचारयुक्त सामाग्री र द्वैषपूर्ण अभिव्यक्ति सम्प्रेषण नगरौं

प्रेस काउन्सिलको अपिल : दुष्प्रचारयुक्त सामाग्री र द्वैषपूर्ण अभिव्यक्ति सम्प्रेषण नगरौं


  • लुम्बिनी रिभ्यू

काठमाडौं । प्रेस काउन्सिल नेपालले दुष्प्रचारयुक्त तथा घृणास्पद अभिव्यक्तिलाई स्थान नदिन, कुनै दल वा उम्मेदवार विशेषको प्रचार–प्रसारलाई अतिरञ्जना नगर्न/नगराउनहुन सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा अपिल गरेको छ ।

स्थानीय तहको संघारमा विभिन्न उम्मेदवार लक्षित गरेर त्यस्ता सामाग्री सम्प्रेषण भएका गुनासा, उजुरी आइरहेको सन्दर्भमा काउन्सिलले शुक्रबार यस्तो अपिल जारी गरेको हो ।

पछिल्लो समयमा राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यहरुलाई लिएर विभिन्न टिकाटिप्पणी, आरोपप्रत्यारोप, दुष्प्रचार हुने, चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषणका घटनाहरु बढिरहेका छन् भने कुनै राजनीतिक दलका नेताहरुले अर्को राजनीतिक दल तथा दलका नेताहरुविरुद्ध द्वेषपूर्ण अभिव्यक्ति दिने गरेको र सोलाई समेत प्राथमिकता दिइ सञ्चार माध्यमहरुबाट सम्प्रेषण भएको स्वअनुगमनबाट देखिएको छ, काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराबाट हस्ताक्षरित अपिलमा भनिएको छ ।

त्यस्ता सामग्री सम्प्रेषण गर्ने १६ सञ्चार माध्यमलाई स्पष्टीकरण माग गरिएको, ४ वटालाई निर्देशन दिइएको, २ वटालाई ध्यानाकर्षण गराइएको र दर्ता नभएको १ वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण नहुने गरि कारबाही गरिएको समेत काउन्सिलले जनाएको छ ।

पत्रकार तथा आमसञ्चार माध्यमबाट पत्रकार आचारसंहिता लगायत निर्वाचन आचारसंहिता पालना भए/नभएको विषयमा प्रेस काउन्सिलले विशेष अनुगमन गरिरहेको छ ।

विशेष अनुगमन प्रारम्भ भएयता कतिपय सञ्चार माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको प्रतिष्ठामा आँच पु¥याउने, चरित्र हत्या हुने गरि अतिरञ्जित एवं दुरासययुक्त सामग्री सम्प्रेषण भएको निष्कर्ष काउन्सिलको छ । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले केही दिन अघि चुनावका बेला गलत समाचार उत्पदान गर्ने कारखानै चल्न सक्ने खतरा औंल्याउँदै त्यस्ता भ्रमपूर्ण सामाग्रीबाट बच्न र समाचारको स्वतन्त्र पुष्टी गरेर मात्र सम्प्रेषण गर्न सार्वजनिक अपिल गर्नुभएको थियो ।

निर्वाचनको बेलामा गलत समाचार, दुष्प्रचार र घृणास्पद (द्वैषपूर्ण) अभिव्यक्तिहरू सञ्चार माध्यमलाई प्राप्त हुन सक्दछन्  । गलत, दुष्प्रचारयुक्त सामग्रीको तथ्यगत परीक्षण गर्ने र द्वैषपूर्ण अभिव्यक्तिलाई स्थान नदिने, कसैको पक्ष वा विपक्ष हुनेगरी र राजनीतिक दल वा उम्मेदवारको चरित्रहत्या हुने सामग्री सम्प्रेषण हुन नदिनेतर्फ  सञचारमाध्यम सदैव सजग हुनुपर्दछ । तसर्थ दुष्प्रचारयुक्त तथा घृणास्पद अभिव्यक्तिलाई स्थान नदिन, कुनै दल वा उम्मेदवार विशेषको प्रचार-प्रसारलाई अतिरञ्जना नगर्न/नगराउनहुन सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा प्रेस काउन्सिल नेपाल पुनः अपिल गर्दछ, अपिलमा छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend