• Saturday 25th July 2026

व्यवस्थित बुुटवल बनाउने गुुरुङको प्रतिबद्धता  

व्यवस्थित बुुटवल बनाउने गुुरुङको प्रतिबद्धता  


  • लुम्बिनी रिभ्यू

बुटवल । पाँच दलीय गठबन्धनका तर्फबाट बुटवल उपमहानगरका उपमेयर उम्मेद्वार चिनबहादुर गुरुङले मतदाताहरुमाझ बुटवलबासी हुुँ भन्दा गर्वगर्न लायक बनाउने प्रतिबद्धता जनाएका छन ।

उनले बुटवलको मुख्य सडकसंगै भित्रि सडकको व्यवस्थापन गर्दै सुन्दर र व्यवस्थित बुुटवल बनाउने मतदाताहरुलाई विश्वास दिलाए ।

शनिबार बुटवल उपमहानगरपालिका वडा नं. ३, १० र १२ मा मतदातासंगको भेटघाटमा उपमेयर गुरुङले अब बुुटवलमा अव्यवस्थित बसोबासी, सुुकुुम्बासी समस्या, ट्राफिक व्यवस्थापन, चुरे पहाडको पहिरो, खानेपानी, फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।

‘म २०५४ सालदेखि जनप्रतिनिधि भएर बुुटवलबासीको सेवामा खटिएको छुु, बुटवलबासीले चाहेको, खोजेको विकास भएको छैन, अब त्यसको नेतृत्व गठबन्धनले गर्नेछ’ उनले भने ।

बुटवलमा गठबन्धनबाट काँग्रेसका खेलराज पाण्डे मेयर र नेकपा एकिकृत समाजवादीका चिनबहादुर गुरुङ उपमेयरमा उम्मेद्वार छन । बुुटवलमा काँग्रेस, एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासंग चुनावी तालमेल  छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend