• Saturday 25th July 2026

खेलाडीलाई राष्ट्र निर्माणमा प्रयोग गरौं : पूर्व मन्त्री विष्णु पौडेल

खेलाडीलाई राष्ट्र निर्माणमा प्रयोग गरौं : पूर्व मन्त्री विष्णु पौडेल


  • लुम्बिनी रिभ्यू

बुटवल । पूर्व अर्थ तथा खेलकुद मन्त्री विष्णु पौडेलले खेलाडी गहना मात्र होइन राष्ट्र निर्माणका पिल्लरका रुपमा प्रयोग गर्नुपर्ने बताएका छन् । खेलकुदको माध्ययमबाट मानसिक एवं शारीरिक रुपमा स्वस्थ र अनुशाशित नागरिक उत्पादन हुने र त्यस्तो नागरिकलाई देश निर्माणमा लगाउन सके देशविकासमा सहज हुने उनले बताए।


मदन भण्डारी स्पोटर्स एकेडेमी रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको खेलाडी सम्मान तथा संरक्षण कार्यक्रममा बोल्दै पौडेलले खेलकुदको माध्ययमबाट देशको इज्ययत उचो राख्न र देशलाई संसारभर चिनाउन पनि सहज हुने बताए । ‘जसले सगरमाथा र बुद्धलाई चिन्दैनन् उनीहरुले पनि खेलका माध्ययबाट नेपाललाई चिन्न सक्छन् । खेल विश्वमा नेपाल चिनाउने माध्ययम पनि हो ।’ उनले भने ।


पूर्वमन्त्री पौडेलले खेलकुदको विकासका लागि खेल पूर्वाधार विकास र अवसर राज्यले जुटाइदिनुपर्ने बताए । खेलाडी राष्ट्रको सम्पति भएको बताउदै उनले खेलाडीलाई सम्मान मात्र होइन व्यवसायिक जिवनकालागि संरक्षण र जीवनयापनका लागि सहयोग समेते गर्नुपर्ने बताए ।  सबैनीतिको मूल नीति राजनीति भएको बताउदै नेता पौडेलले राजनीति सुधारका लागि असल नेता र दल छान्न पनि अब युवा र खेलाडीले सोच्नुपर्ने बताए ।


मदनभण्डारी स्पोटर्स एकेडेमीले अन्तराष्ट्रिय क्रिकेट खेलाडी २ जना सहित काठमाडौंमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको थियो । जसमा दुवहीमा भएको अण्डर १९ क्रिकेट प्रतियोगिताका क्याप्टेन देव खनाल, अण्डर १९ आइसीसी वमन वल्डकप क्वालीफाइड प्रतियोगिताका क्याप्टेन कृतिका मरासीनी हुन् । यस्तै काठमाडौंमा भएको १२ औं केन्द्रीय राष्टपति रनिड.शिल्ड अण्डर १८ प्रतियोगितामा रुपन्देहीका २३ जना खेलाडीले उपाधी जितेका थिए ।


सम्मान तथा संरक्षण कार्यक्रममा बोल्दै मदन भण्डारी स्पोटर्स एकेडेमीका केन्द्रीय उपाध्यक्ष तथा आर्थिक विभाग प्रमुख देववहादुर कुंवरले राष्ट्रको नाममा खेल्ने र राष्ट्रको नाम उचो राख्ने खेलाडीलाई अब सम्मान गरेर मात्रै नपुग्ने भएकाले संरक्षण थालिएको बताए । एकेडेमीका सचिव तथा स्वास्थ्य एवं विदेश विभाग प्रमुख डा. शक्ति वस्नेतले खेलकुद र स्वास्थ्यको महत्वबारे बताए । क्रिकेट विभाग प्रमुख शक्ति गौचनले राज्यले खेल विकासकालागि पूर्वाधार, अभ्यास र व्यवसायिक खेलका लागि अवसर जुटाइदिनुपर्ने बताए । एकेडेमीका रुपन्देही अध्यक्ष मणिरत्न भण्डारीले खेलाडीहरुको विकास, सम्मान र संरक्षणकालागि एकेडेमीले केन्द्र, प्रदेश, जिल्ला हुदै स्थानीय तहसम्म अभियान चलाएको बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend