
काठमाडाैँ । मेहेनत गरे घरका छत वा कौशीमा पनि राम्रो परिमाणमा खुर्सानी लगायत दैनिक भान्सामा प्रयोग हुने तरकारीजन्य बस्तुहरुको उत्पादन गर्न सकिन्छ ।
काठमाण्डौका बसुन्धरा,धापासी लगायतका घरहरुका छतहरुमा यसको राम्रो अभ्यास देख्न सकिन्छ । यस्तो अभ्यासले तरकारीको केही प्रतिशत आयात रोक्न र आत्मनिर्भर बन्न ठूलो मात्रामा बल पुग्ने अध्ययनहरुले देखाएका छन् । ससाना गमालाहरुमा पनि ढिटो अवधिमा उत्पादन गर्न सकिने खुर्सानी,साग,सिमी,बोडी लगायतका तरकारीहरुको खेती गरेर धेरै लाभ लिन सकिन्छ ।

तरकारी विकास निर्देशनालयले तयार पारेको वतावरण तथा स्वच्छताका लागि कौसी तरकारी खेती नामको पुस्तक अनुसार एकजना वयस्क मानिसलाई स्वस्थ्य रहन र शरीरको पौष्टिक आवश्यकता पूरा गर्न दैनिक भोजनमा १२५ ग्राम हरियो सागपात, ८५ ग्राम जरे तथा कन्दमुद तरकारी, ८५ ग्राम फल तरकारी र ३० ग्राम गेडागुटी खानुपर्दछ । 
जस अनुसार ३२५ ग्राम प्रति व्यक्ति प्रति दिन तरकारीको आवश्यकता परिपूर्ती गर्न तरकारी बालीको छनौट र कौसी, छत तथा बरण्डाको खेती योजना बनाई विभिन्न तरकारी उत्पादन गर्नु सकिए धेरै उपलब्धि हुन सक्ने छ ।
एकजना व्यक्तिलाई दैनिक ३२५ ग्राम तरकारीको आवश्यकता पर्छ भने कम्तीमा एउटा परिवार (४–५ जनाको परिवार) का लागि एक दिनमा डेढ केजी तरकारीको आवश्यकता पर्छ । एउटा परिवारका लागि कम्तीमा महिनाको ५० केजी तरकारी खपत हुन्छ भने सोही परिवारका लागि एक वर्षका लागि ६०० केजी
तरकारीको आवश्यकता पर्छ । जुन कौशी खेतीबाट पनि सम्भव हुन्छ ।
नेपालमा हुने आयातको ६५ प्रतिशत तरकारी काठमाडौं उपत्यकामा खपत हुने गरेको छ । यदि काठमाडौं उपत्यकाको छत तथा बरण्डामा कौसी खेती भयो भने आयातमा ५० प्रतिशत कम हुने एक अध्ययनले देखाएको छ ।
पचास प्रतिशत परिवारले मात्र कौसी खेती गर्यो भने पनि काठमाडौं उपत्यकामा आबश्यक पर्ने तरकारी आपूर्तिमा उल्लेख्य प्रगति हुनेछ ।


लुम्बिनी रिभ्यू