• Saturday 25th July 2026

स्वास्थ्यकर्मीको नेतृत्व विकास र युनियन व्यवस्थापन कार्यशाला

स्वास्थ्यकर्मीको नेतृत्व विकास र युनियन व्यवस्थापन कार्यशाला


  • लुम्बिनी रिभ्यू


भैरहवा । ­ स्वास्थ्यकर्मीहरुको प्रदेश स्तरीय नेतृत्व विकाश र युनियन व्यवस्थापन कार्यशाला गोष्ठी भैरहवामा सम्पन्न भएको छ ।
स्वतन्त्र स्वास्थ्य कर्मीसंघको आयोजना र एफइएसको सहयोगमा बिहीबार र शुक्रबार लुम्बिनी प्रदेश स्तरिय कार्याशाला गोष्ठी सम्पन्न भएको हो । कार्यशालामा लुम्बिनी प्रदेशका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको नेतृत्व विकाश गराइएको थियो । जसमा राष्ट्रिय अन्तराष्ट्रिय टेड युनियन आन्दोलनको बारेमा जानकारी गराइदिएको थियो । राष्टिय स्वतन्त्र स्वास्थ्यकर्मी संघका अध्यक्ष पृथ्वी रमण थपलियाले युनियन व्यवस्थापन सम्बन्धी जानकारी दिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएकोे बताए ।
एफईएसका प्रतिनिधि समीरा पौडेलले आर्थिक सामाजिक विकास, सामाजिक न्याय, प्रजातन्त्र, सवल र स्वतन्त्र श्रमीक आन्दोलनहरुको बारेमा एफईएसले काम गर्दै आएको बताइन् । यस्तै एफईएसका प्रतिनिधि चन्द्र भट्टले मानव अधिकार र लैंगिक समानताका लागी संगठित हुन यस संस्थाले वकालत गर्दै आएको र देशभर छरिएर रहेका स्वास्थ्यकर्मीहरु संगठित भएर अगाडि बढ्न आग्रह गरे ।

युएनआई ग्लोबल युनियनका एशिया प्यासिफिक रिजनका अर्गनाईजिङ कोडिनेटर तिलकजंग खड्काले राष्ट्रिय तथा अन्तराष्टिय टेड युनियनको अभ्यासको बारेमा जानकारी गराउदै संगठीत भएमात्र श्रमिकको आवाज बुलन्द हुने भएकोले अहिलेको आवश्यकता संगठनमा आवद्ध हुनु भएको बताए । यस्तै कार्यक्रममा युनिकेयरको ग्लोवल डिरेक्टर एड्रियनले आफ्नो संस्थमा आवद्ध १ सय ५३ देशमा छरिएर रहेका २ करोड श्रमिकहरु आवद्ध रहेको  बताए । कार्यक्रमको सहजीकरण संस्थाका उपाध्यक्ष दिनेश पोखरेलले गरेका थिए ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend