• Saturday 25th July 2026

यस्तो रहनेछ आजको माैसम

यस्तो रहनेछ आजको माैसम


  • लुम्बिनी रिभ्यू

काठमाडौं- हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रही कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पनि देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार आज राति बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend