• Saturday 25th July 2026

उपेक्षित रोग विरुद्ध सचेतना जगाउन देवदह नगरपालिकामा स्वयम् हेरचाह समूह गठन

उपेक्षित रोग विरुद्ध सचेतना जगाउन देवदह नगरपालिकामा स्वयम् हेरचाह समूह गठन


  • लुम्बिनी रिभ्यू

बुटवल, कुुष्ठरोग लगायतका उपेक्षित रोग विरुद्ध सचेतना जगाउन देवदह नगरपालिकामा स्वयम् हेरचाह समूह गठन भएको छ । तग्थ्यांक अनुसार देवदह नगरपालिकामा ५ सय ५१ जना कुष्ठ प्रभावित छन् । त्यसमध्य २१ जनाले औष्धि खाइरहेका छन् । प्रभावितको समूह बनाएर स्वयम हेरचाह सिकाउने, रोगप्रतिको गलत धारणा हटाउने र रोगीलाई उपचारको दायरामा ल्याउने उद्देश्यले समूह गठन गरिएको हो । त्यसको नाम केरवानी स्वयम् हेरचाह कृषक समूह रहेको छ । आधारभूत स्वास्थ्य परियोजना अन्तरगत नगरपालिकाको अगुवाइमा केरवानी स्वास्थ्य चौकीको मातहतमा रहनेगरी देनगरपालिकाको अगुवाइमा फेयर मेड र इन्द्रेणी ग्रामिण विकास केन्द्रले समूह बनाएका हुन् । लक्ष्मण परियारको अध्यक्षमा बनेको १७ सदस्यीय समितिमा उपाध्यक्ष मीना कुमारी कुंवर र सचिवमा निरिशा कुमारी कुंवर रहेका छन् ।

देवदह नगरपालिकाले उपेक्षित उष्णप्रदेशिय रोगबाट संक्रमितहरुको समूह बनाएर उनीहरुलाई उपचारको दायरामा ल्याउन र बहिष्करणमा पर्न नदिन नगरपालिकाले यसअघि नै स्वयं हेरचाह समूह गठन तथा परिचालन कार्यविधि बनाएको छ। बहिष्करणमा परेका रोगीलाई उपचारको दायरामा ल्याउन र आगामी जीवन सहज बनाउन कार्यविधि बनाएको हो ।
यसैबीच आधारभूत स्वास्थ्य परियोजना अन्तगत उपेक्षित उष्ण प्रदेशिय रोग विरुद्ध सचेतना कार्यक्रम संचालन भएको छ । ३ दिने तालिममा कुष्ठ रोग , हात्तीपाइले लगायतका रोगका प्रभावित र अपाङ्गता भएका व्याक्तिहरुको सहभागिता छ । तालिमको सहजीकरण देवदह नगरपालिकाका स्वास्थ शाखा प्रमुख काशीनाथ बन्जाडे र केरवानी स्वास्थ्य शाखा प्रमुख काशिराम रेग्मीले गर्नुभयो । उहाहरुले हात्ती पाइले कुष्ठरोग, डेंगु लगायतका रोग कसरी चिन्ने र रोगको संक्रमण भइसकेपछि कसरी क्षती घटाउने भन्नेबारेमा सिकाउन ुभएको थियो ।


तालिम उद्घाटन कार्यक्रममा बोल्दै आधारभूत स्वास्थ परियोजना रुपन्देही जिल्ला संयोजक किरण श्रेष्ठले कुष्ठरोग, हात्तीपाइले लगायतका उपेक्षित उष्णप्रदेशिय रोगीलाई नियमित उपचारमा जोड्न अभियान चलेको बताउदै प्रभावितलाई जीवन जीउने कला सिकाउन यस्तो तालिम आयोजना गरिएको बताउनुभयो । सामुदायिक स्वास्थ अधिकृत सुरक्षा पौडेल सामुदायिक स्वास्थ अधिकृत मन्जु घिमिरे लगायतले समेत सहजीकरण गर्नु भएको थियोे ।
कुष्ठ रोग , हात्तीपाइले, डेंगु, सर्पदंस लगायतका रोग उष्ण प्रदेशिय रोगहरु हुन् । यस्तोमा विरामीले कसरी रेखदेख र उपचार गर्ने धेरै जनामा अन्योलता छ । ्यही अन्योलताका कारण समस्या देखिए पनि विरामी सहजै उपचारमा जादैनन् । सामाजिक बहिष्करणमा पर्ने डरले कुष्ठ प्रभावित त उपचारको दायरामा आउन नै चाहदैनन् । यसले संक्रम दर बढ्दै जाने समस्या छ ।
यस्तो समस्या हटाउन रुपन्देहीको देवदहमा प्रभावितहरुलार्इ लक्षीत गरी उपेक्षित उष्ण प्रदेशिय रोगहरु र स्वयम हेरचाह सम्बन्धि सचेतना जगाउन थालिएको छ । त्यसमा कृष्ठप्रभावीतलाई प्राथमिकता दिइएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend