बुटवल, जाडो बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले विद्यालयहरूमा तीन दिन जाडो विदा दिएको छ।
माघ ७ गते आइतबारदेखि ९ गते मंगलबारसम्म ३ दिन जाडो विदा दिएको हो।
उपमहानगरपालिका ले सूचना जारी गर्दै उपमहानगर भित्रका नीजी तथा सामुदायिक सबै विद्यालयमा माघ ७ गतेदेखि ९ गतेसम्म विदा दिने निर्णय गरेको जानकारी दिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले अत्यन्तै जाडो बढेको कारण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा माघ ७ गतेदेखि ९ गतेसम्म तीन दिन लागि जाडो विदा गरिएको बताए ।

लुम्बिनी रिभ्यू