• Saturday 25th July 2026

लुम्बिनी प्रदेशमा कुष्ठरोगीहरूको संख्या वर्षेनी बढ्दै

लुम्बिनी प्रदेशमा कुष्ठरोगीहरूको संख्या वर्षेनी बढ्दै


  • लुम्बिनी रिभ्यू

बुटवल, लुम्बिनी प्रदेशमा कुष्ठरोगीहरूको संख्यामा वर्षेनी वद्धि भइरहेको छ। लुम्बिनी प्रदेशका नवलपरासी पश्चिम, कपिलवस्तु, बाँके र रुपन्देही जिल्लामा कुष्ठरोग प्रभावितहरुको संख्या उच्च छ।नयाँ रोग पत्ता लाग्ने दर समेत यी जिल्लाहरुमा उच्च रहेको छ । प्रदेशको स्वाथ्य निर्देशनालयका अनुसार यी जिल्लाहरुमा प्रति १० हजार जनामा एक जना भन्दा कम हुनुपर्ने ‘प्रीभिलेन्स ’ २ भन्दा माथि रहेको छ ।

विश्व कुष्ठ रोग दिवसको अवसर पारेर लुम्बिनी प्रादेशिक अस्पताल, फेयर मेड र ईन्द्रेणी ग्रामिण विकास केन्द्र रुपन्देहीले बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक प्रस्तुत भएको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालयका कुष्ठरोग फोकल पर्सन  खिमलाल पाण्डेले गत आर्थिक वर्षमा देशभरबाट २ हजार ५ सय २२ जना कुष्टप्रभावित व्यक्तिहरुमाथि लुम्बिनी प्रदेशमा मात्रै ५ सय ६२ जना रहेको जानकारी दिए । उनले ४ महिनामा प्रदेशमा १ सय २७ भन्दा बढि नयाँ केस समेत पत्ता लागेको जानकारी दिदै अझै अन्य जिल्लाहरुमा पनि मिहिन तहले छानविन नगरी केश पत्ता लगाउने जनशक्ति नहुँदा यो संख्या बढ्न सक्ने समेत जानकारी दिए । तथ्यांक अनुसार , ०७४्र,७४ मा ७००, अर्को बर्ष ५०१, ३९, ५१६, ५४३ रहेको थियो । अघिल्लो आर्थिक बर्षमा २०७९ मा ५६५ जना रहेकोमा यो वर्षको चार महिनामा १ सय ४८ जना कुष्ठ प्रभावित रहेका छन् । यस्तै कुष्ठ प्रभावितहरु नयाँ पत्ता लाग्ने दर समेत प्रदेशमा विस्तारै बढ्दै गएको पाइएको छ ।

प्रदेशको स्वाथ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७५र७६ मा ६ सय ९१ जना, अर्को वर्ष ४७९ जना, अर्को वर्ष ५६१ जना, अघिल्लो आर्थिक वर्षमा ५८४ जना र गत आर्थिक वर्षमा ५६५ जना नयाँ कुष्टप्रभावित व्यक्तिहरु भेटिएका छन् । जसमा महिलाहरुको संख्या समेत उच्च छ । ३५.६ प्रतिशत महिलाहरु रहेका छन् । यस्तै बच्चामा समेत कुष्ठ रोग देखिएको छ । जम्मा नयाँ देखिएको केसमा बच्चाहरूमा ५।२ प्रतिशत रहेको छ । गत वर्ष जम्मा घटनामध्ये ६.९ प्रतिशत बच्चाहरु रहेका थिए ।जुन नयाँ संक्रमण देखिएको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका छाला रोग विशेषज्ञ डा. कमल आचार्यले बच्चाहरूमा कुष्ठरोग देखिनु भनेको समुदायस्तरमा कुष्ठरोग व्यापक रुपमा फैलिएको हुन सक्ने अनुमान लगाउन अफ्ठ्यारो नहुने बताउँछन् ।

उनले भने–बच्चाहरूमा कुष्ठरोग देखिनु भनेको आमा बाबा, अन्य परिवारका सदस्यहरुलाई समेत भएको हुन सक्ने उच्च संभावना रहेको छ । बुटवलमा फेयरमेड फाउन्डेसनको र इन्द्रेणी ग्रामिण विकास केन्द्रको सहयोगमा लुम्बिनी प्रादेशिक अस्पतालको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको थियो । कार्यक्रममा ईन्द्रेणी ग्रामिण विकास केन्द्रका अध्यक्ष महेन्द्र पाण्डे, फेयरमेडका क्षेत्रीय संयोजक शशीकुमारलाल कर्ण, लगायतले बोेलेका थिए । कार्यक्रमको संञ्चालन लुम्बिनी प्रादेशिक अस्पतालका एनटीडि शाखाका फोकल पर्शन दयासागर पन्थीले गरेका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend