• Saturday 25th July 2026

बुटवलमा जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरुको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवलमा जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरुको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण


  • लुम्बिनी रिभ्यू

बुटवल, बुटवलमा जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरुको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि बुबाआमासँग नगर प्रमुख निशुल्क स्वास्थ्य परीक्षण र उपचारु कार्यक्रम शुरु भएको छ।

शोमबार बुटवल १२ तामनगर प्रगति टोलकी ११० वर्षीया ऐरावती बरइको स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको शुरुवात गरिएको हो।

ऐरावतीको घरमै पुगेर नगर प्रमुख खेलराज पाण्डेयले फलफुल र स्वास्थ्यवर्द्धक सामग्री दिएर अभियानको शुरु गरे । जेष्ठ नागरिक बरईको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा नन्दु पाठकले स्वास्थ्य परीक्षण गरेका थिए ।
कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउने गरी योजनाहरु बनाएको र कार्यान्वयन गर्दै लग्ने बताए ।
चालु आर्थिक वर्षको बजेटमा बाआमासँग नगरप्रमुखका साथसाथै उपप्रमुख सुत्केरी स्वास्थ्यवर्द्धक कार्यक्रम, शिशु पोषण कार्यक्रम र जटिल रोगका बिरामीका लागि राहत दिने र उपचारमा सहयोग गर्ने कार्यक्रम नियमित रुपमा सञ्चालन भइरहेको बताए । उनले घरबाहिर निस्किन नसक्ने र फरक क्षमता भएका व्यक्तिहरुका लागि सहज होस् भन्ने उदेश्यले विशेषज्ञसहितको सेवा घरदैलोमा पुर्याउन थालेको बताए ।
१९ वटै वडामा सञ्चालन हुने अभियानका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा नन्दु पाठक, स्त्री रोग विशेषज्ञ डा राजेन्द्र बस्याल, फिजिसियन डा हरि पन्थी, विशेषज्ञ चिकित्सकहरु, मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गर्ने छन् ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend