• Saturday 25th July 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा बाल सघन उपचार कक्ष सुरु

लुम्बिनी प्रादेशिक अस्पतालमा बाल सघन उपचार कक्ष सुरु

२८ दिन देखि १४ वर्ष सम्मका बालबालिकाको उपचार हुने


  • लुम्बिनी रिभ्यू

बुटवल, बालमृत्युदर घटाउन के गर्ने ? यसका धेरै उपाय हुन सक्छन् । देशमै बढी बालमृत्युदर रहेको लुम्बिनी प्रदेशमा भने सघन उपचार, र चेतना अभिवृद्धिका काम थालिएको छ । बिहीबार प्रदेशकै विशेषज्ञ अस्पताल बाट बालबालिकाको सघन उपचार कक्ष सुरु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले बाल सघन उपचार कक्ष(पिआईसियु)सेवा सुरु गरेको छ। बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले
२८ दिनदेखि १४ वर्ष उमेर समूहका बालबालिकाको उपचारकालागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ६ शैयाको बाल सघन उपचार कक्ष पिआइसीयु सुरु भएको हो । त्यसमा विभिन्न संक्रमण भएका, कम तौल भएका, श्वाशप्रश्वासमा समस्या भएका नबालबालिकाकोे उपचार हुन्छ ।

दैनिक करिब ३ सय बालबालिका उपचारका लागि आउने लुम्बिनी प्रादेशिक अस्पतालमा यसअघि नवजात शिशु अर्थात जन्मेदेखि २८ दिन सम्मको शिशुको सघन उपचारका लागि १२ शैयाको एनआइसीयु र १२ शैयाकै एचएनशियू भएपनि त्यसमाथिका बालबालिकाको सघन उपचार कक्ष थिएन । जसले गर्दा जटिल खालका बिरामी बालबालिका बचाउन समस्या थियो ।
२८ दिन देखि १४ वर्ष सम्मका बालबालिकाको सघन उपचार गर्न अस्पतालको ब्लक सी तेस्रो तल्लाबाट यो सेवा प्रदान गरिरहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले बताए।

उद्घाटन पश्चात् आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले बालमृत्यु घटाउन सरकारले लगानी बढाएको बताए ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend