• Saturday 25th July 2026

लुम्बिनी प्रदेशमै ठूलो टेक इभेन्ट २०२४ हुँदै

लुम्बिनी प्रदेशमै ठूलो टेक इभेन्ट २०२४ हुँदै

टेक  इभेन्ट सूचना प्रविधिमा रुचि राख्ने माध्यमिक तहका विद्यार्थी तथा व्याचलर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको हो


  • लुम्बिनी रिभ्यू

बुटवल, लुम्बिनी प्रदेशमा पहिलो पटक ठूलो टेक  इभेन्ट आयोजना हुँदैछ ।
कोड फर चेन्जले लुम्बिनी प्रदेशमै ठूलो टेक इभेन्ट ” टेक कन्कलेभ २०२४” को आयोजना गर्न लागेको हो । कार्यक्रम सूचना प्रविधिमा रुचि राख्ने माध्यमिक तहका विद्यार्थी तथा व्याचलर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको हो ।

जुन लुम्बिनी प्रदेश युवा परिषद्संगको सहकार्यमा फागुन १३ गते एशियन बुद्ध होटल सिद्धार्थनगर, भैरहवामा हुने भएको छ । कार्यक्रममा सूचना प्रविधिको तिब्र विकास र भविष्यबारे पावर टक, प्यानल डिस्कसन, प्रोजेक्ट प्रदशनी, स्टल भिजिट, नेटवर्किङ कक्षा र अन्य मनोरन्जनात्मक कार्यक्रमहरु हुनेछन्।
“कोड फर चेन्ज” ले टेक्नोलोजीको प्रयोग मार्फत समाजमा सकारात्मक परिवर्तन तथा सूचना प्रविधिका विद्यार्थीहरुको सुनिश्चित भविष्यको लागि वर्षेनी सयौं युवाहरु र विभिन्न संस्थाहरुसंग सहकार्यमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। यस भन्दा पहिले काठमाडौमा गरिरहेको यस्तो कार्यक्रम यस पटक भने लुम्बिनी प्रदेशमा गर्न लागेको कोड फर चेन्जका अध्यक्ष कष्ण पोखरेलले बताए ।
रुपन्देहीको भैरहवामा प्रेस सम्मेलन गरेर अध्यक्ष पोखरेलले कार्यक्रमबारे जानाकारी दिएका छन्। उनले टेक इभेन्टले प्रविधि क्षेत्रमा काम गर्दै आएका कम्पनीहरु, कलेजहरु र विद्यार्थीहरु, सरकारी निकाय जम्मा गरि एक आपसमा देखिएको दुरी घटाएर विद्यार्थीहरु र अन्य निकाय बिच पुलको काम गर्ने बताए ।
युवा परिषद्का उपाध्यक्ष गोबिन्द बहादुर खत्रीले कार्यक्रमले नेपालको सूचना प्रविधिको क्षेत्रमा टेवा पुर्याउने र प्रविधिमा काम गरिरहेका संस्था र व्यक्तिहरु बीचमा सम्बन्ध बढाउने बताए । प्रविधिमा युवाहरुको निशुल्क आधारभूत क्षमता विकास गराएर युवाहरु सम्भावना र उनीहरुको क्षमतालाई पहिचान गर्न परिषदले विभिन्न कार्यक्रम गरेको उनले जनाए ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend