• Saturday 25th July 2026

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आज बस्दै

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आज बस्दै


  • लुम्बिनी रिभ्यू

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आज दाङको भालुवाङमा बस्दै छ ।

आज दिउसो ३ बजे तेस्रो अधिवेशन बस्ने प्रदेश सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । सरकारले बिजनेस नदिएको बताउँदै भदौ २२ मा सकिएको लुम्बिनी  प्रदेशसभाको तेस्रो अधिवेशन ६ महिनापछि बस्न लागेको हो ।

आजको बैठकमा प्रदेश प्रमुख कार्यालयबाट आएका पत्रहरू पढ्ने, मन्त्रीपरिषद् हेरफेरबारे जानकारी दिने र संसदीय दलका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । भोलि लुम्बिनी प्रदेश सभामा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रदेशसभाको बैठक बस्न नसक्दा प्रदेशसभा सदस्यहरू कामविहीन बनेका छन् । लुम्बिनी प्रदेशमा अहिलेसम्म मिनी संसद्का रूपमा हेरिने विषयगत समितिको नेतृत्व समेत चयन हुन सकेको छैन ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend