• Saturday 25th July 2026


  • लुम्बिनी रिभ्यू

बुटवल , रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भूटानको १६औ डिष्ट्रिक कन्फ्रेन्स बुटवलको रामनगर स्थीत बुटवल मण्डपमा हुन लागेको छ।

चैतको २ गते देखि ४ गते सम्म गरी ३ दिन चल्ने उक्त कन्फ्रेन्सका लागि सबै तयारी पुरा भएको आयोजकले जनाएका छन्। सम्मेलन सफल बनाउनका लागि १५ वटा कन्फ्रेन्स कमिटी र २५ वटा कार्यक्रम कमिटी गठन गरीएको छ।

देशभरीका रोटरीमा आवद्ध सदस्यहरु सहभागी हुने यो भेलामा सहभागीताका लागि अहिले सम्म १ हजार ७ सय बढी रोटरीयनहरुले नाम दर्ता गराई सकेको रजिष्ट्रेशन कमिटी चेयर डिल्ली कुमार श्रेष्ठले बताए। अहिले सम्म अनलाईन रजिष्ट्रेशन गर्नेहरुको १ हजार ७ सय भन्दा बढी भैसकेको छ। यो संख्या अझै बढन सक्छ उनले भने।

दुई दिनसम्म चल्ने सम्मेलनमा विश्व लगायत नेपालमा रोटरीले संचालन गरेका परियोजना र तिनको प्रभावबारे विस्तृत छलफल तथा जानकारी प्रदान हुनेछ। सम्मेलनको उद्घाटन नेपाल सरकारका उपप्रधान एवं भौतिक पुर्वाधार मन्त्री रघुबिर महाशेठले गर्ने कन्फ्रेन्स कमिटी चेयर एजाज आलमले बताए।

कन्फ्रेन्समा रोटरी, रोट्रयाक्ट र इन्ट्रयाक्टले गरेका विभिन्न सेवामूलक परियोजनाका बारेमा सघन रुपमा बहस त हुनेछ नै त्यसका अतिरिक्त नेपालमा रोटरी, रोट्रयाक्ट तथा इन्ट्रयाक्टले गरेका परियोजना, त्यसले समुदायको विकासमा देखिएको गुणात्मक परिवर्तन र आगामी मार्गचित्रबारे सम्मेलनले मार्गनिर्देश गर्नेछ।

आयोजकका अनुसार रोटरीले निर्धारण गरेका प्राथमिकताका सबै क्षेत्र वातावरण, स्वास्थ्य, शिक्षा, रोटरीको सार्वजनिक छबि, शान्ति तथा द्वन्द्व व्यवस्थापन, सदस्यता मामिला, महिला सशक्तिकरण एवं महिला नेतृत्वको विकास लगायतका विभिन्न क्षेत्रमा रोटरी तथा रोटरीभन्दा बाहिरका सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वहरुले विचारमार्फत दिशानिर्देश गर्नेछन्।

देशभरका रोटरियनले देश तथा देशभन्दा बाहिरका रोटरी क्लवले गरेका परियोजनाका प्रकृति, प्रभाव र परिणामबारे एकै थलोबाट सम्पूर्ण जानकारी लिने अवसर प्राप्त गर्नेछन्। यसका अतिरिक्त यसपटक विभिन्न विधामा अवार्डहरु समेत प्रदान गरिनेछ।

सम्मेलनमा रोटरीमा वर्षौ बिताएका रोटरियन देखि भर्खर रोटरीमा आवद्व भएका नयाँ रोटरियन हुँदै रोट्रयाक्टबाट रोटरीमा आवद्व भएका रोटरियनका अनुभव एवं राष्ट्रिय जीवनका विविध क्षेत्रमा ख्याती प्राप्त गर्न सफल व्यक्तिहरुले आफ्नो संघर्ष र सफलताबारे कार्यक्रममा आफ्ना अनुभव राख्नेछन्।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend