बुटवल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत २२ गते विहीबार विश्वासको मत लिने भएका छन् ।नेकपा माओवादी केन्द्रको बर्हिगमनपछि अल्पमतमा परेपछि मुख्यमन्त्री चौधरीले विश्वाशको मत लिने भएका हुन् ।
मंगलबार बिहान बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले विश्वासको मत लिन बिहीबार दिउँसो ४ बजे विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले बताए ।
केन्द्रमा सत्ता समिकरण फेरिएसंगै लुम्बिनीमा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएको थियो । दुई वटा दुई भन्दा बढि पार्टी मिलेर सरकार निर्माण भएकाले सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको एक महिना भित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोही अनुसार २२ चैतमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन लागेका हुन् ।गत वैशाख १४ मा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त भएका थिए । वैशाख १९ मा मुख्यमन्त्री चौधरीले विश्वासको मत पाएका थिए ।
हाल कांग्रेस, नागरिक उन्मुक्ति , जसपा, लोसपा र जनमत सरकारमा छ । लुम्बिनीमा एमालेका २९, काँग्रेसका २७, सभामुख बाहेक माओवादी केन्द्रका १० .०, राप्रपा र नागरिक उन्मुक्तीका ४र४ जना सांसद हुन । तर, राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित छन् । जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका ३र३ जना सांसद छन्, भने एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १÷१ जना सांसद छन्, भने एक जना स्वतन्त्र सांसद छन् । माओवादी केन्द्र बाहिरिएपछि वर्तमान सरकार अल्पमतमा छ । एमाले, माओवादी केन्द्र, जसपा, नागरिक उन्मुक्ती पार्टी र एकीकृत समाजवादी पार्टी हुँदा नयाँ समीकरण अनुसार बनेको गठबन्धनको बहुमत पुग्ने देखिन्छ ।

लुम्बिनी रिभ्यू