बुटवल, रोजगारदाता र रोजगारीको अवसरमा रहेका व्यक्तिलाई लक्षित गरी बुटवलमा रोजगार मेला २०८२ आयोजना हुदैछ ।
बुटवल उपमहानगरले बुधबार अर्थात असार १८ गते रोजगार मेला आयोजना गर्न लागेको हो ।
बुटवल उपमहानगरले मंगलबार पत्रकार सम्मेलन गरी मेलामा करिब ४ सय जना सहभागी हुने जनाएको छ ।
मेलामा रोजगार प्रदायक संस्था, तालिम प्रदायक संस्था र दक्ष अदक्ष युवाको तथ्यांक संकलन गरिने छ । सो तथ्यांकको सुची तयार गरी जब पोर्टलमा राखीने बुटवल उपमहानगरले जनाएको छ ।
मेलामा बुटवलमा उपलब्ध हुने वृत्ति विकास, सीपमूलक तालिम दिने संस्था, तालिमका अवसर, रोजगारदाता लगायतका बारेमा जानाकारी दिइने बुटवल उपमहानगरका प्रवक्ता शिवबहादुर रानाले जानाकारी दिनुभयो ।

लुम्बिनी रिभ्यू