• Saturday 25th July 2026

चाडवाडमा हुने कालोबजारी र महगी नियन्त्रण गर्छौं ; उपप्रधानमन्त्री प्रकाशमान सिंह

चाडवाडमा हुने कालोबजारी र महगी नियन्त्रण गर्छौं ; उपप्रधानमन्त्री प्रकाशमान सिंह

सहभागीहरुले सिमावर्ती जिल्लाहरूमा अस्वस्थकर सामाग्री भित्रिरहेको बताउदै त्यसलाई रोक्न र कालोबजारी नियन्त्रण गर्न माग गरेका थिए ।


  • लुम्बिनी रिभ्यू

बुटवल, उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले चाडवाडको मौका छोपेर हुने कालोबजारी र महगी नियन्त्रण गर्ने बताउनुभएको छ । उहाले चाडवाडको मौका छोपेर अस्वस्थकर सामाग्री ल्याउने, कालोबजारी गर्ने र उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरे कडा कारबाही गर्ने चेतावनी समेत दिनुभयो ।
नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले बुधबार बुटवलमा आयोजना गरेको दैनिक उपभोग्य वस्तुको सुनिश्चितताः उपभोक्ताको अधिकार हाम्रो चासो विषयक अन्तरसंवादमा बोल्दै मन्त्री सिंहले अहिलेको सरकार जनताको जीवन र जिविकाप्रति गम्भीर रहेको बताउनुभयो । उहाले उपभोक्ताको हकअधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको समेत दाबी गर्नुभयो ।


चाडबाड नजीकिएसंगै हुने खुला सिमाको तस्करी, कालोबजारी, महंगी बढीरहेको भन्दै नेपाली कांग्रेसले कार्यक्रम आयोजना गरेको हो । सहभागीहरुले सिमावर्ती जिल्लाहरूमा अस्वस्थकर सामाग्री भित्रिरहेको बताउदै त्यसलाई रोक्न र कालोबजारी नियन्त्रण गर्न माग गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय प्रचार विभाग प्रमुख मीन विश्वकर्माले उपभोक्ताको हकअधिकार सुरक्षित गर्ने र उपभोक्तामैत्री नीति बनाउन सरकारले काम गर्नुपर्ने बताउनुभयो । अन्तरसंवादमा नेपाली कांग्रेस प्रदेश सभापति अमरसिंह पुन,  लुम्बीनी प्रदेशका जिल्ला सभापतिहरु, उद्योग वाणिज्य संघका अध्यक्ष  एवं प्रतिनिधि उपभोक्ताहरूको सहभागिता थियो । उनीहरुले सिमावर्ती जिल्लाहरूमा भित्रीरहेको अस्वस्थकर सामाग्री अबिलम्ब रोक्न, कालोबजारी नियन्त्रण गर्न र चाडपर्वको मुखमा हुने महगी नियन्त्रण गर्न सरकारसग माग गरेका थिए।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend